सानिमा लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त
नेपालबहस संवाददाता
असोज १२, २०७७ सोमबार २०:४७:२९
१२ असोज, काठमाडौं । लामो समयदेखि रिक्त रहेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त भएका छन् । उनको नेपालका विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकीय पदमा रही १६ बर्ष भन्दा बढी कार्य गरेको अनुभव रहेको छ ।
मुखियाले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्स, काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्ट र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका छन् ।
सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको शपथ ग्रहण गर्दै उनले आफूसँग रहेको कार्य अनुभवबाट कम्पनीलाई नयाँ आयामका साथ जीवन बीमा कम्पनीहरू मध्ये उत्कृष्ट स्थान हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कम्पनीलाई हालसम्म सहयोग पुर्याउने नियमनकारी निकायहरू, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरू, अभिकर्ता, शुभचिन्तक लगायत सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा समेत सहयोगका लागि उनले अनुरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
अमेरिकाले इजरायललाई फेरी हतियार पठाउने तयारी
जेठ २, २०८१ बुधबार
मेलम्ची खानेपानी प्रशोधन केन्द्र
जेठ २, २०८१ बुधबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
सुनसरी र मोरङबाट ६९० किलोग्राम गाँजासहित चार जना पक्राउ
जेठ २, २०८१ बुधबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
एपीएफ ललितपुर मेयर्स कपको फाइनलमा
जेठ २, २०८१ बुधबार