यो वर्ष कोरियाली भाषा परीक्षा नहुने
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार १५:६:४६
१३ असाेज, काठमाडाैं । रोजगार अनुमति प्रणाली ‘ईपीएस’ अन्तर्गत बर्सेनि हुँदै आएको कोरियाली भाषा परीक्षा यो वर्ष नहुने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण यो वर्षको भाषा परीक्षा नहुने भएको हो ।
रोजगार गन्तव्य कोरियामा कोरोना संक्रमण घट्दो दरमा रहे पनि स्रोत मुलुक नेपालमा भने संक्रमण बढ्दै गएको कारण देखाउदै भाषा परीक्षा नहुने निर्णय भएको हो । वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार सन् २०२० का लागि लिइने भाषा परीक्षा नहुने कोरियाली पक्षले अनौपचारिक जानकारी दिएको छ ।
साधारणतया विगतमा वैशाख र जेठ महिनामा भाषा परीक्षा हुने भए पनि त्यसको तयारी भने ४ महिना अगाडिदेखि नै गरिँदै आएको छ । कोरियाली पक्षले यो वर्षको भाषा परीक्षा नहुने भएपछि तयारी समेत गरेको छैन । कोरियाली पक्षले सन् २०२१ को परीक्षा भने कसरी गर्ने भन्नेबारेमा मात्र तयारी गरेको भाषा परीक्षा नगर्ने बारेमा कोरियाले आधिकारिक जानकारी भने दिएको छैन ।
सन् २००८ देखि सुरु भएको ईपीएस भाषा परीक्षा यसअघि सन् २०१२ मा पनि भएको थिएन । कोरियामा कोरोना संक्रमण नियन्त्रणउन्मुख भएपनि नेपालमा भने बढ्दै गइरहेको छ । यस्तो बेला हजारौं मानिस जम्मा गरेर परीक्षा सञ्चालन गर्न तत्कालका लागि सम्भव नदेखिएपछि नेपाली पक्षले पनि परीक्षा गराउनु पर्छ भनेर कुनै पहल गरेको छैन ।
कोरोना संकट सुरु भएयता १ हजार ७०१ युवाले कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरे पनि कुनै श्रमिक पनि कोरीया प्रवेश गर्न पाएका छैनन् । श्रम सम्झौता गरेर भिसा लिएका ९ सय ६१ जना समेत कोरिया जान पाएका छैनन् । ९६१ भिसा लागेका युवाको भिसा म्याद भने सकिन लागेको छ । यिनीहरूको भिसा म्याद नोभेम्बरको दोस्रो सातासम्म मात्र रहेको छ ।
९६१ मध्ये कोरियामा काम गरेर फर्केका कमिटेड वर्कर ‘सर्मपित श्रमिक’ ७५८ भिसा लागेर पनि कोरिया जान नपाएको शाखाले जनाएको छ । भिसा लागेका श्रमिकलाई कोरियाले लैजान चाहेको भएपनि दुवै देश ‘पर्ख र हेर’को स्थितिमा छन् । कोरिया जाने उडान नियमित भए पनि ईपीएसका श्रमिक पठाउने र बोलाउने बारेमा कुनै प्रक्रिया अघि बढेको छैन । रोजगारदाताले श्रम सम्झौता रद्द नगरेको अवस्थासम्म म्याद समाप्त भएका युवाको भिसा अवधि थप गर्ने एचआरडीले आश्वासन दिएको छ ।
नेपाली युवा कोरिया प्रवेश गर्ने अवस्था नभए पनि त्यहाँको सरकारले असोज १२ देखि २६ गतेसम्म कृषि क्षेत्रका श्रमिकको माग प्रक्रिया सुरु भने गर्ने भएको छ । कोरियाले रोष्टरमा रहेका विदेशी श्रमिक माग गर्न एक वर्षमा चार पटक माग प्रक्रियालाई खुला गर्ने गरेको छ । यसैगरी उत्पादनमूलक क्षेत्रमा कोरिया जान रोष्टरमा रहेका नेपाली युवाका लागि असोज २७ देखि कात्तिक ७ गतेसम्म माग प्रक्रिया खुला गर्ने जनाएको छ । यसरी माग प्रक्रिया अघि बढाएपछि नेपालबाट कोरिया जाने युवाको संख्या अझ बढ्ने देखिएको छ । यो माग प्रक्रिया कोरिया सरकारले रोजगारदातालाई विदेशी श्रमिक माग गर्न आवेदन दिने समय हो ।
नेपालबाट वार्षिक औषत ८ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने भए पनि यो वर्षको ९ महिनामा १ हजार २७ नेपाली मात्र रोजगारीका लागि कोरिया गएको शाखाले जनाएको छ । सन् २०१९ मा ७ हजार १३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए । हालसम्म ४ हजार २० महिला र ६२ हजार ८५२ पुरुषसहित ६६ हजार ८७२ नेपाली रोजगारीका लागि कोरिया गइसकेका छन् । हाल कोरियामा लगभग ३१ हजार नेपाली कार्यरत छन् । काराेबार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार