आर्थिक अबस्था उकास्ने काममा लघुवित्त संस्थाहरुको भुमिका महत्वपूर्ण
नेपालबहस संवाददाता
असोज १३, २०७७ बुधबार ३:२४:३१
१३ असोज, स्याङ्जा । आँधीखोला लघुवित्त वित्तिय संस्थाले कोभिड १९ का कारण भएको बन्दाबन्दीका बेला संस्थामा परेको प्रभावको बारेमा संचालक र कर्मचारीविच अन्तरक्रिया गरेको छ । स्याङ्जाको भीरकोट नगरपालिका १ बयरघारीमा प्रधान कार्यालय रहेको आँधीखोला लघुवित्त संस्थाले कोरोना संक्रमणबाट संस्था र सेवाग्राही विचको सेवा प्रवाहमा परेको असर र आगामी रणनीति सम्वन्धी शाखागत अन्तरक्रिया गरेको हो ।
अन्तरक्रियामा कोरोना संक्रमणका कारण बैकिङ जगतमा परेको प्रभावबाट कर्मचारीको मनोवल खस्कन नदिन र ग्राहकहरुको संरक्षणका लागि संस्थाले आगामी दिनमा खेल्नुपर्ने भुमिका बारे छलफल भएको संस्थाका अध्यक्ष नरेश केसी.ले बताए । स्याङ्जाको आँधीखोला लघुवित्त संस्था र बागलुङ्को धौलागिरी लघुवित्त संस्थासगँ मर्जर भएपनि बन्दाबन्दीका कारण सबै प्रक्रिया अब अगाडी बढ्ने अध्यक्ष केसीले बताए ।
नेपाल राष्ट्र बैंकको जारी निर्देशन अनुसार लघुवित्त संस्थाहरु मर्जरको बाटो अवलम्वन गर्नुपर्ने आवश्यकता लघुवित्त संघ नेपालका अध्यक्ष तथा आरम्भ चौतारी लघुवित्त संस्थाका अध्यक्ष जगत पोख्रेलले बताए । सानो पुँजीबाट विपन्न परिवारको आर्थिक अबस्था उकास्ने काममा लघुवित्त संस्थाहरुले खेलेको भुमिका महत्वपूर्ण रहेको बताउदै अध्यक्ष पोख्रेलले अझै लघुवित्त संस्थाले ग्रामिणबस्तीमा पुगेर सेवा प्रवाह गर्न आग्रह गरे ।
१९ शाखाबाट सेवा प्रवाह गरेको आँधीखोला लघुवित्तले १७ हजार विपन्न नागरिकलाई कर्जा प्रवाह गरी सेवा दिएको छ । जसले गर्दा साना—ठुला व्यवसायबाट निम्न आय भएका नागरिकको आर्थिक स्तर बृद्धि गर्नमा आँधीखोला लघुवित्त संस्थाले भुमिका खेलेको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी.ले बताए ।
अन्तरक्रियामा पव्लिक शेयर संचालक विद्या श्रेष्ठ, शाखा अधिकृत बाबुराम कुँवर, अधिकृत कुलदेब लामिछानेले कोरोना संक्रमणबाट स्वास्थ्यको ख्याल गर्दै सरकारले अपनाएको मापदण्डलाई लागुगर्दै सेवा प्रवाहमा जुट्न कर्मचारीहरुलाई आग्रह गरेका थिए । संस्थाको चुक्तापुँजी १० करोड रहेको संस्थाले १० जिल्लामा १९ कार्यालय मार्फत करिव ७९ करोड कर्जा लगानी गरेको छ । ३० करोड वचत परिचालन गरिरहेको संस्थाले मर्जर समस्याका कारण शेयर कारोवार रोक्का रहेको संस्थाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार