नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १८:२२:१९
१५ असोज, वीरगञ्ज । नेपाल प्रहरीको छवि धुमिल्याउने गरी नक्कली इन्सपेक्टर बनेका एक व्यक्ति पक्राउ परेका छन् । जनताको सेवामा तल्लनी नेपाल प्रहरीको समेत बेइज्जती गर्ने गरी प्रहरी निरीक्षक अर्थात नक्कली इन्सपेक्टर बनेका अजयकुमार राय पक्राउ परेका हुन् ।
पर्सा प्रहरीले बुधबार बारा जितपुर सिमरा उपमहानगरपालिका ७ चौधरी टोलका २९ रायलाई बर्दीमै पक्राउ गरेर सार्वजनिक गरेको हो । ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै ठगी गर्दै आएका उनी बुधबार भने प्रहरीकै कब्जामा परेपछि उनको नक्कली धन्दा खुलेको हो ।
बुधबार भने वीरगन्ज १६ को देव पार्टी प्यालेसमा उनी प्रहरी सहायक निरीक्षक र राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै गर्दा पक्राउ परेका हुन् ।
उनले परीक्षामा बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षार्थीलाई परीक्षामा संलग्न गराएका थिए। प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार यी परीक्षार्थीलाई उनले ठग्न खोजेका थिए। सो परीक्षा सञ्चालनमा सहयोग गर्ने प्रयोजनको परीक्षा दिलाउने भनी उनले फोन गरेर उनीहरूलाई बोलाएको थाहा भएको छ।
‘परीक्षार्थीहरूसँग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामती खरिदार समेतमा जागिर लगाइदिन्छु भनी विगत ९ महिनादेखि प्रहरी चौकी परवानीपुर,इलाका प्रहरी कार्यालय नगवा पर्सामा गएर म प्रहरी निरीक्षक हुँ भनी परिचयसमेत दिँदै हिँडेको पाइएको छ ।
पन्तका अनुसार उनले हालसम्म एक दर्जन व्यक्तिबाट तीन लाख ६१ हजार रुपैयाँ ठगिसकेको पत्ता लागेको छ। राय यसअघि बाराबाट २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा जेल परेका थिए। उनी सो मुद्दामा ११० दिन जेल परेर छुटेका व्यक्ति हुन् ।
रायसँगै हिरालाल महतो, वसन्त चौधरी, रविकुमार चौरसिया, शिवनारायण चौरसिया, रामजी चौरसिया पनि पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
सुनसरी र मोरङबाट ६९० किलोग्राम गाँजासहित चार जना पक्राउ
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार
जेठ २, २०८१ बुधबार
प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित
जेठ २, २०८१ बुधबार