चक्लेट दिएर ९ बर्षीया बालिकामाथि तीन महिनादेखि बलात्कार !
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार २२:१५:१७
१६ असोज, पोखरा । स्याङ्जा घर भएकी बर्षा (नाम परिवर्तन) पछिल्लो पाँच बर्षयता पोखरामा बस्थिन् । आफ्ना आमाबुवासँगै बस्दै आएकी उनी मजदुर दम्पतिकी छोरी थिइन् । आमाबुवा बिहान र बेलूकी घरमा हुन्थे । तर दिउँसो भने आफ्नो काममा जान्थे ।
यसबीचमा दिउँसोको समय उनी घरमै बस्थिन । आमाबुवाले नै दिउँसो बाहिर नजान र घर हेरबिचार गर्न भन्थे । आमाबुवाकी सोझी छोरी उनी जति इमान्दार थिइन्, सानैदेखि राम्री र अनुशासित पनि । उनको सोझोपन र इमान्दारितालाई छिमेकीहरुले पनि मन पराउँथे ।
धेरैले बर्षालाई भविष्यमा राम्रो गर्न सक्ने छोरीका रुपमा चित्रण गर्थे । तर सबै भलाई सोच्ने कहाँ हुन्छन् र ? छिमेकी ५५ बर्षीय झण्डै वृद्ध ठानिने एक पुरुष भने उनीमाथि गिद्धे नजर लगाईरहेका थिए । शुरु शुरुमा उनलाई चकलेट दिन थाले । पछि उनले खानेकुरा ल्याउन थाले ।
केही समयपछि दिउँसो समयमा दिन बिराएर ती वृद्ध बर्षाको घरमै जान थाले । दिउँसो आमाबुवा काममा जाने भएकाले एक्लै परेको बेला बर्षालाई जिस्कयाउन पनि थाले । सानी बालिका भएकाले बर्षालाई शुरु शुरुमा यो अनौठो लाग्न थाल्यो ।
तर दैनिक आउने ती बृद्धले शरीरका अंग समेत चलाउन थालेकी उनी असजिलो मान्न थालिन् । तर बुवा उमेरका ती पुरुषले यस्तो कुरा कसैलाई नभन्न भनेका थिए । सोहीकारण बालिकाले आमाबुवालाई समेत भनिनन् ।
बालिकाको विश्वास ढुक्कले जितेपछि ती पुरुषले संवेदनशिल अंग चलाउन थाले । विस्तारै उनले बालिकामाथि बलात्कार गर्न थाले । शुरु शुरुमा सामान्य यौन दूव्र्यवहार गरेका उनले पछि बलात्कार गरेपछि बालिकाको यौनाङ्गबाट रगत बग्न थाल्यो ।
तै पनि बालिकाले आमाबुवालाई यो कुरा भनेकी थिइनन् । उनले यस्तो गोप्य कुरा आमाबुवालाई भन्नुहुन्न भनेका थिए । बालिकाले मानेकै थिइन् । बालिकाले गोप्य राखेको कुरालाई कमजोरी ठान्दै ती पुरुषले बलात्कार गरिरहे । जुन क्रम ३ महिनासम्म चल्यो ।
तर पछि यौनमा मात्तिएका ती पुरुषले बालिकालाई बलात्कार मात्रै होइन, बालिकाको संवेदनशिल अंगमा क्षति पुग्ने गरी बलात्कार गर्न थाले । यसपछि भने बालिकालाइ सहन गाह्रो पर्यो । योनाङ्गबाट निरन्तर रगत बग्न थालेपछि उनले बेलूकी आमाबुवालाई समेत भनिन् ।
लगत्तै आमाले उनको संवेदनशिल अंग हेरेपछि थाहा पाइन्, छोरीमाथि बलात्कार भइरहेको रहेछ ! बेलूकी नै भएपनि नजिकैको मेडिकलमा लगेर जाँच गराईन् । डाक्टरले बलात्कार नै हो भनेपछि यस्तो गर्ने को हो ? भनेर सोधियो ।
जवाफमा उनले रेसबहादुर गुरुङको नाम लिइन् । जो ५५ बर्षका थिए । र तीन महिनादेखि बर्षालाई बलात्कार गरिरहेका थिए । लगत्तै आमाबुवाले प्रहरीमा उजुरी दर्ता गराए । कास्की प्रहरीले उनलाई स्याङ्जाबाट पक्राउ गरेर अनुसन्धान थाल्यो ।
लामो समय केरकार गरेपछि उनले अपराध स्वीकार गरे । बालिकालाई चकलेट दिएर भुलाउँदै बलात्कार गरेको बयान रेसबहादुरले प्रहरीसमक्ष दिएका छन् । एक महिना अघि नै पक्राउ परेका उनको मुद्दा अहिले जिल्ला अदालत कास्कीमा चलिरहेको छ ।
बलात्कारका सबै प्रमाण जुटाएको प्रहरीले उनलाई हदैसम्मको सजाय माग गर्दै जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
बन्दुक तथा धारिलो हतियार देखाई चोरी गर्ने दुई जना पक्राउ
जेठ १, २०८१ मंगलबार
स्ट्रिप च्याट मार्फत अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
क्रुज जहाज मार्फत चीन भित्रिने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने
जेठ २, २०८१ बुधबार
चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो
जेठ २, २०८१ बुधबार