सासु खुट्टा समात्ने, ससुरा बलात्कार गर्ने : श्रीमानकै अगाडि पाहुनाले पनि छाडेनन् !
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार १७:९:१७
१८ असोज, बझाङ । २१ बर्षीया उमेरकी जवान बुहारी । घरमा सासु, ससुरा छोरा मात्रै । छोरा कहिले दिउँसो त कहिले राती ड्युटीमा जान्थे । रोजगारीका लागि भारत पुगेका उनीहरु सुखैले पेट पालिरहेका थिए ।
तर ससुराको मनमा पाप उब्जियो । छोरा नभएको बेला उनले बुहारीमाथि बलात्कार गर्ने सोच बनाए । अनि दुधमा बेहोस हुने औषधि मिसाएर बलात्कार गर्न थाले । यो क्रम झण्डै दुई महिना चल्यो । तर बुहारी केही बोल्न सकेकी थिइनन् ।
राती बलात्कार भएको कुरा उनले बिहान थाहा पाउँथिन । शरीरमा वीर्य लागेको कारण उनले थाहा पाएर अचम्म मान्थिन । जब एकदिन उनलाई खान भनिएको दुध नखाएर खाएजस्तो मात्रै गरिन् । राती सुत्न भनी आफ्नै ओछ्यानमा गइन् ।
तर ससुरा ढोका फोडेर आए । बेहोस नभएको थाहा पाएपछि भाग्नुको साटो अनौठो कुकर्म गरे । ससुरा आफ्नो यौनप्यास मेट्न बुहारीमाथि जाइलागे । अर्को कोठामा रहेकी सासुले त्यस्तो अपराध गर्ने ससुरालाई छुटाउने आश गरेकी बुहारी त्यतिबेला चकित परिन् । जतिबेला सासुले खुट्टा समातेर बुहारीमाथि आफ्नै अगाडी ससुरालाई बलात्कार गर्न लगाइन् ।
उनले दुःख त्यतिमै रोकिएन् । भोलि बिहान सासु र ससुराको अपराधबारे सबै कुराको बेलिविस्तार श्रीमानलाई लगाउँदा झन अर्को दुर्घटना निम्तियो । भोलिपल्ट ससुरा र श्रीमान मिलेर उनीमाथि बलात्कार गरे ।
त्यसको भोलिपल्ट पाहुना समेत बोलाइए । नन्दका श्रीमान र उनीसँग आएका दुई जनाले पनि पालैपालो बलात्कार गरे । त्यो पनि श्रीमानकै अगाडि । तीन जनाको बलात्कारपछि जब उनलाई प्यास लाग्यो , पानी मागिन् तर बलात्कारीले मुखैमा पिसाब फेरिदिए ।
यो सबै बलात्कार उनकै श्रीमानको अगाडि भइरहेको थियो । श्रीमान मुखदर्शक थिए । बलात्कार गर्न उक्साइरहेका थिए । त्यसपछि उनीमाथि बलात्कार गर्न बाहिरबाट मान्छे ल्याउन थालियो । पैसा लिएर श्रीमान र ससुरा ढोकामा कुरेर दिनमा दुई जनाबाट बलात्कार गराईन्थ्यो ।
यसरी महिनौ नरकीय जीवन बताइरहेकी उनको अन्ततः आफन्तले उद्धार गरेर नेपाल ल्याएका छन् । बझाङ अस्पतालमा उनको उपचार चल्दै गर्दा उनी बेला बेला बेहोस हुन्छिन् ,कराउँछिन् , चिच्याउछिन् र आफूमाथि भएका श्रृङ्खलाबद्ध बलात्कारका घटनाका बारेमा बेलिविस्तार लगाउँछिन् ।
उनका सासु, ससुरा र श्रीमानले उनलाई बेश्या बनाउनका लागि आफूले बलात्कार गरेर अरुलाई बलात्कार गर्न लगाएको खुलेको छ । भारतमै रहेका बलात्कारी श्रीमान, ससुरा र अरु बलात्कारीलाई पनि प्रहरीले नेपाल ल्याउने प्रयास शुरु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनसरी र मोरङबाट ६९० किलोग्राम गाँजासहित चार जना पक्राउ
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
बन्दुक तथा धारिलो हतियार देखाई चोरी गर्ने दुई जना पक्राउ
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो
जेठ २, २०८१ बुधबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार