सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार १५:१२:४३
१९ असोज ,बागलुङ । प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दाका फरार प्रतिवादी बागलुङ नगरपालिका–७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ । उनीलाई विसं २०६४ पुस १३ गते अदालतले ११ महिना २० दिन कैद र रु ५० जरिवानाको फैसला गरेको थियो । उनी अदालतको फरार सूचीमा रहेका थिए ।
उनीसहित विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका आठ फरार प्रतिवादीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा कुटपिट मुद्दाका फरार जैमिनी नगरपालिका–१० का ५३ वर्षीय मनबहादुर श्रीस, सार्वजनिक अपराधमा सोही वडाका ३२ वर्षीय जनक श्रीस र २८ वर्षीय समिर श्रीस छन् । बागलुङ –९ का २६ वर्षीया किरण विक, वडा नं १० का विनोद शर्मा र बरेङ गाउँपालिका– १ का यमबहादुर थापा पनि सार्वजनिक मुद्दामै पक्राउ परेका हुन् । यस्तै गाली बेइज्जती मुद्दामा बरेङ–३ का ४० वर्षीया हीरा श्रीसलाई पक्राउ गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए।
फैसला कार्यान्वयनका लागि उनीहरुलाई आइतबार नै जिल्ला अदालतमा उपस्थित गराइएको उहाँको भनाइ छ । कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार चलान गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये न्यूनतम रु १०० देखि बढीमा सात हजारसम्म जरिवानाको सजाय पाएका छन् ।कैद सजाय तोकिएकामा पाध्यासहित जैमिनी नगरपालिका–१० का श्रीस र बरेङ गाउँपालिका–१ का थापा छन् । श्रीसलाई विसं २०६७ जेठ २७ गते अदालतले दुई वर्षको कैद सजाय सुनाएको थियो । थापाको मुद्दामा अदालतले विसं २०७४ चैत १५ गते रु १०० जरिवानासहित रु ९०० जरिवाना तोकेको थियो ।
अदालतले कैद÷जरिवाना तोकेपनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका प्रतिवादीलाई पक्राउ गरिएको प्रनाउ रेग्मीले जानकारी दिए । प्रहरीले पछिल्लो समय ९२ फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ । पहिले धरौटीमा छुटेपनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादी सम्पर्कमा नआइ लुकीछिपी बस्ने गरेका छन् । त्रियासी वर्षीया प्रतिवादी पाध्याको उमेरका कारण ७५ प्रतिशत कैद स्वतः छुट हुने कानूनी व्यवस्था छ । एक वर्षभन्दा कम कैद सजाय तोकिएका प्रतिवादीलाई शुल्क तिराएर छोड्न सक्ने प्रावधान ल्याइएको भए पनि त्यो अदातलले निर्णय गर्ने विषय भएको जिप्रकाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए। पाको उमेरको व्यक्ति भएका कारण पाध्यालाई कोरोनाका बेला धेरै दिन कारागार राख्न असजिलो हुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
सुनसरी र मोरङबाट ६९० किलोग्राम गाँजासहित चार जना पक्राउ
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार