सामसुङ ग्यालेक्सी जी फोल्ड २ को प्रि–बुकिङ्ग शुरु
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार २२:५३:१९
१९ असोज, काठमाडौं । लामो प्रतिक्षापछि सामसुङ ग्यालेक्सी जी फोल्ड २ (Samsung Galaxy Z Fold 2) को लागि प्रि–बुकिङ्ग अब स्मार्ट डोकोबाट शुरु भएको छ ।
यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ, जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेराबाट प्रयोगकर्ताले हात वेभ गर्दा शुट हुने गर्छ । स्मार्ट डोकोमा यसको मुल्य २ लाख ४९ हजार ९९९ तोकिएको छ ।
यस मोवाइलको प्रि–बुकिङ्ग गर्दा रु. १९,९९९ मुल्यको Samsung Galaxy Buds Live पनि निःशुल्क पाईने तथा ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि प्राप्त गर्न सकिने नेपालका लागि आधिकारिक बिक्रेता आईएमएस ग्रुपले जनाएको छ ।
सामसुङ ग्यालेक्सी जी फोल्ड २ प्रि–बुक गर्न https://cms-prd=mygalaxy-nbs=com/NP-ZFold2-Preorder/ वेभसाइटमा जान सकिन्छ वा मोवाइल नं. 9801013311 र 9802002870 मा पनि सम्पर्क गर्न सकिने कम्पनीको भनाई छ । ग्राहकहरुले प्रि–बुकिङ्गको लागि ५ हजार भुक्तानी गर्नुपर्ने र बाँकी ह्यान्डसेट पाएपछि भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।
“अघिल्लो समयहरुमा सामसुङको फोल्डिङ फोनहरु नेपालमा नभित्रिदाँ पनि, अहिले भने हामीले नेपालमै पहिलोपटक सामसुङको Galaxy Z Fold 2 स्मार्टफोन स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यस Samsung Galaxy Z Fold 2 स्मार्टफोन एकदमै राम्रो र अपग्रेड भर्जनको साथ नेपाली बजारमा उपलब्ध गराईनेछ ।” आईएमएस ग्रुपका अध्यक्ष र सीईओ दिकेश मल्होत्राले नेपालबहसलाई बताए ।
स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गतेसम्म मात्र खुल्ला गरिएको छ । प्रि–बुकिङ्गको लाभ उठाउन आग्रह गर्दै कम्पनीले स्मार्टडोकोले Samsung Galaxy Z Fold 2 नेपालभरी निःशुल्क डेलिभरी जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार