सुन्दरको अभिनयमा श्रद्धाञ्जली सार्वजनिक
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार २०:१६:४४
२० असोज, चितवन । चितवने युवा नेता सुन्दर डल्लाकोटीले दोश्रो पटक अभियन गरेको नयाँ मार्मिक भिडियो रिलिज भएको छ । यसअघि माईतीको देशैमा बोलको निकै मौलिक र मार्मिक परिवेशमा तीज गीतमा उनले अभिनय गत गरेका थिए ।
जसका कारण उनको अभिनयको सबै ति चर्चा सुरु भएको थियो । नयाँ गीत श्रदान्जली सार्वजनिक भएसगैँ विशुद्ध नेपाली मौलीकता गीतमा पहिलो पटक अभिनय गर्दा भन्दा यो पटक थप उत्साहित छु सुन्दर डल्लाकोटीले भने, मेरो नयाँ परिचय थपिनेछ । चर्चीत गायक स्वरुपराज आचार्यको स्वरमा रहेको गीतमा सुनिल मास्केको संगीत रहेको छ । गीतको लेखन अर्जुनरत्ना भिकारीले गरेका हुन् ।
गीत ओराएस डिजिटलको युटुब च्यानलबाट सार्वजनिक गरेको हो । पन्चामृत अल्बम नाम दिइएको गीतको बोल तिम्रा ति झुटा मायाका यादहरू केही त लिएर जाउ पछी भेट होला नहोला आजै श्रद्धाञ्जली दिएर जाउ लगायत रहेको छ । डल्लाकोटीले स्वर्गीय हजुरबुबा नरबहादुर डल्लाकोटी प्रति गीत समर्पित गरेका छन् । डल्लाकोटी पूर्व जनमुक्ति सेना समेत हुन् ।
गीतको छायांकन लकडाउनकै विचको चितवनको विभिन्न रमणीय स्थलहरुमा गरिएको थियो । विशेषगरी प्रेममा विछोडको पीडालाई सम्बोधन गर्न खोजेको उक्त भिडियोको निर्देशन अनुराग ठकुरीले गरेका छन् भने भिडियो एरेन्ज प्रदिप श्रेष्ठले गरेका छन् । मोडल सुन्दर डल्लाकोटीको यो दोस्रो गीत हो ।
चितवनका युवा कलाकार सुन्दर डल्लाकोटी, इन्दु र लेखनाथको अभिनय रहेको यस म्युजिक भिडियो अनुराग ठकुरीको निर्देशन र म्युजिक भिडियोको छायांकन सुरज खनालले गरेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार