अन्जुको आमामा मिथिला र सुरक्षाको जीवन्त अभिनय
नेपालबहस संवाददाता
असोज २०, २०७७ बुधबार ३:३९:२३
२० असोज, काठमाडौं । चलचित्र आमामा जीवन्त अभिनयको कारण सबैको मन जित्न सफल अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय रहेको गीत ‘आमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्तको फेरी एक पटक जीवन्त अभिनय देख्न सकिन्छ ।
गीतमा आफ्नो सन्तानलाई मस्तिष्क पक्षाघातले निम्त्याएको पीडा र परिवारमा पर्न गएको पीडा देखाउन खोजिएको छ। भिडियोमा मस्तिष्क पक्षाघात भएका सन्तानको भविस्यको चिन्ता बोकेकी आमाको कथा प्रस्तुत गरिएको छ ।
चलचित्र गायिका अन्जु पन्तको स्वर रहेको सार्वजनिक गीतलाई नरेश प्रधानले लेखेका हुन् । गीतमा हरि लम्सालको संगीत तथा एरेन्ज रहेको छ। स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको यस गीतलाई महेश्वर मान राजभण्डारीले मिक्सिङ ,मास्टरिङ गरेका हुन।
अनुप चापागाईको निर्देशन रहेको भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन्। भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । बुनु श्रेष्ठले गीतलाई कोडिनेटर गरेकी हुन् । पछिल्लो केहि बर्ष यता गायिका बुनु श्रेष्ठ र नरेश प्रधानले मस्तिष्क पक्षाघात सम्बन्धि जनचेतना मुलक गीत मार्फत समाजमा जनचेतना फैलाउने अभियानमा लागेका छन् ।गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार