नाका बन्द हुँदा नेपाली व्यापारी भारतमै रोकिए
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार १५:३२:४७
२१ असोज ,बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन् । नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन् । लकडाउन खुले पनि नाका नखुल्दा आफूहरु पारि रहँदा व्यापाररव्यवसाय सञ्चालन गर्न नपाएको उनीहरुको गुनासो छ । नाका नखुल्दा व्यापारी वारि आउन नपाएको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले बताए।
“नाका बन्द भएपछि वारिका २५ व्यापारी पारि अड्किएका छन्”, उनले भने, “लामो समयदेखिको लकडाउनले बिक्रीका लागि राखिएको सामान बिग्रिसकेको छ, एक दुई दिनका लागि भए पनि सीमापारि अड्किएका व्यापारीलाई वारि आउने वातावारण मिलाइदिन आग्रह छ ।” आफ्ना समस्याप्रति सरकार गम्भीर नभए आफूहरु अनसन बस्नेसमेत उनीहरुले चेतावनी दिएका छन् ।
यता बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नाका खुलाउनका लागि सरकारले नै निर्णय गर्नुपर्ने बताए । उनले भने, “अन्तर्राष्ट्रिय नाका भएकाले पहिला नेपाल सरकारले निर्णय गर्नुपर्ने त्यसपछि दुई देशको सहमतिमा नाका खुल्नेछ ।” नाका खोलिदिन भन्दै सरकारलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार