जाजरकोट जीप दुर्घटना : वडाध्यक्षसहित ६ जनाको मृत्यु, १ बेपत्ता, १ घाइते !
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार २३:१२:६
२१ असोज, सुर्खेत । जाजरकोटको औलभीरमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । सदरमुकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको जीप औल भीरमा दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका ११ का वडाध्यक्ष अमर बहादुर शाही, महेन्द्र मावि कोर्ताङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृति बहादुर शाही, मेडिकल सुपरिटेन्डेन्ट लालबहादुर बुढा, गर्खाकोट स्वास्थ्य चौकीका अहेव खेमराज शाही, स्थानीय मटेलाका मालिका बस्नेत, अहेव कृष्णबहादुर शाही रहेका छन् । एक जना नदीमा बेपत्ता भएको अनुमान गरिएको छ ।
दुर्घटनामा घाइते स्थानीय शिक्षक नरबहादुर शाहीलाई उपचारका लागि सुर्खेत पठाइएको छ । जाजरकोटकै मटेलाका गोरखबहादुर बस्नेतको जीप लिएर वडाध्यक्षसहितको टोली जुनिचाँदे जाँदै गर्दा दुर्घटनामा परेको हो ।
अहिले पञ्चला प्रहरीको टोली घटनास्थलमा मुचुल्का उठाउने र बेपत्ताको खोजी गरिरहेको छ । घटनास्थलबाट शव उठाउन र बेपत्ताको खोजीका लागि वडावनदेखि प्रहरीको थप टोली झिकाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
वैशाखमामा डढेलो तथा आगलागीमा परी देशभर २६ जनाको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार