आन्तरिक राजस्व कार्यालयका सम्पूर्ण सेवा बन्द
नेपालबहस संवाददाता
असोज २२, २०७७ बिहिबार १५:१४:९
२२ असोज, कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् ।
सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोनाको सङ्क्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी परीक्षणको कार्यका लागि पठाइएको जनाएको छ । परीक्षणको नतिजा नआउँदासम्मका लागि कार्यालयका सम्पूर्ण कार्य बन्द गरिएका छन् ।
यसैगरी, पुनर्वास नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण देखिएपछि आजदेखि अतिआवश्यकबाहेकका सेवा बन्द गरिएका छन् । अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाका सेवा बन्द गरिएका हुन् ।
नगरपालिकाको वडा नं २ ले भने असोज २६ गतेसम्मका लागि सेवा बन्द भएको जनाएको छ । अत्यावश्यक सेवा लिनका लागि स्वास्थ्यका मापदण्ड पालना गरी सेवा लिन सकिने नगरपालिकाबाट जारी सूचनामा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार