बिक्रीको लागि तयारी अवस्थामा राखिएको म्याद गुज्रिएको बियर बरामद
नेपालबहस संवाददाता
असोज २२, २०७७ शुक्रबार ०:२०:३७
◊ धीरुभाइ
२२ असोज, सप्तरी । संयुक्त बजार अनुगन टोलीले बिहीबार राजविराज नगरको मुख्य बजारबाटै बिक्रीको लागी तयारी अवस्थामा राखेको म्याद गुज्रिएको तीन दर्जन बियर बोतल बरामद गरेको छ । नगरको जनआन्दोलन चोक स्थित माँ दुर्गे ट्रेडर्सबाट तीन दर्जन म्याद गुज्रिएको बियर बरामद गरी पसल अगाडी नै नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिए ।
माँ दुर्गे ट्रेडर्सबाट टुबोर्ग कम्पनीको बियर सात बोतल, किग्सफिसर कम्पनीका १३ बोतल, टुबोर्ग कम्पनीको क्यान आठ वटा म्याद सकिएको अनुगमन टोलीले बरामद गरेर नष्ट गरेको छ । ट्रेडर्समा बिक्रीको लागि फ्रिजमा राखिएको अवस्थामा बियर बरामद गरेको अनुगमन टोलीका सदस्य उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ता बताए ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले उक्त सामान बरामद गरेर नष्ट गरेको हो । टोलीले कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्यबस्तु खरिदबिक्री गर्न, सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले राजविराज नगरका पसलहरुको अनुगमन तीब्र पारेको सप्रजिअ घिमिरेले बताए । त्यस्तै नगरभित्रको पुजा किराना स्टोर्समा कसमिरी मिर्च २१ पोका, मसला १० पोका, नूर फ्रुट एण्ड जेनरल स्टोरमा १० पोका गुहुँको पिठो म्याद गुज्रिएको अवस्थामा बरामद गरी जलाएर नष्ट गरेको बताइएको छ ।
बिहीबारै नागमणी किराना पसल, लाल ट्रेडर्स, इब्राहम स्टोर्स, हक जनरल स्टोर्स, कोकाइ साह गोपाल साह ट्रेडर्स लगायत एक दर्जन पसलहरुमा अनुगमन गरेको छ । अधिकाँश पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, सेनिटाइजर, ग्लोभ लगायतमा ध्यान नदिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सिंहले बताए ।
बजार अनुगमनका क्रममा मूल्य सूची र साइन बोर्ड नराखेका पसलहरुमा अबिलम्ब उपभोक्तालाई देखिने गरी मूल्य सूची राख्न, म्याद गुज्रिएका खाद्यबस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलो पटक चेतावनी दिएको सिंहले बताए । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उनको कथन छ । सप्तरी उद्योग बाणिज्य संघ, सञ्चारकर्मी, प्रहरी, घरेलु तथा साना उद्योग कार्यालयको प्रतिनिधि सहितको संयुक्त अनुगमन टोलीलाई देखेपछि धेरै पसलहरु बन्द गरी भागेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार