दशैंँमा अर्को महंगी : तेल, दाल र गेडागुडीको मूल्य बढ्यो
नेपालबहस संवाददाता
असोज २२, २०७७ शुक्रबार १:२:२३
२२ असोज, काठमाडौं । कोरोनाले थलिएका बेला बजारमा झन् महंगी बढेको छ । दशैंँको मुखमा व्यापारीले खाने तेल, दाल र गेडागुडीको मूल्य बढाएका छन् । खुद्रा व्यापार संघले दालमा प्रतिकिलो १० रुपैयाँ, हरियो केराउमा ३५ रुपैयाँ तर तेल प्रतिलिटरमा १५ रुपैयाँ मूल्य बढाएको हो ।
लकडाउनका कारण उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन र आयात नभएकाले नभएकोले मूल्य बढाइएको संघले जनाएको छ । लकडाउनअघि १५ सय ८० रुपैयाँमा पाइने एक दर्जन सनफ्लावर तेलको मूल्य अहिले १६ सय २० रुपैयाँ नाघेको छ ।
पहिले एक लिटर तेलका लागि १५६ रुपैयाँ पर्नेमा अहिले होलसेलले १६३ रुपैयाँ लिने गरेको छ । यस अघि २५५ रुपैयाँ प्रतिलिटरमा पाइने तोरिको तेलको मूल्य २६५ सम्म पुर्याइएको छ ।
तेलको प्याकेटमा एमआरपी २७० लेखेका कारण धेरै ठाउँमा सोहीअनुसार मूल्य कायम भएको हुन सक्ने संघको अनुमान छ । १६० रुपैयाँमा पाइने भटमासको तेलको भाउ पनि दसैँको पूर्वसन्ध्यामा लिटरमै पाँच रुपैयाँ बढेको छ ।
मासको कालो दाल प्रतिकिलो १३५ बाट बढेर १४५ रुपैयाँ पुगेको छ । यस्तै मुसुराको रातो दाल किलो मै १० रुपैयाँले बढेको खुद्रा व्यपारीहरुले बताएका छन् । केही समयअघि एक सय २२ रुपैयाँमा पाइने उक्त दालको प्रतिकलो मूल्य १२२ रुपैयाँ पुगेको छ ।
फ्याक्ट्रीमा ६ महिना अगाडि बनेको उत्पादनमा धेरै अधिकतम् खुद्रा मूल्य राखेर पछि बिस्तारै होलसेलले मूल्य बढाउँदै लगेको साना व्यवसायीहरु बताउँछन् ।
तर नेपाल तेल, दाल, चामल संघले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको र माग पनि उच्च हुँदा मूल्य बढेको दाबी गरेको छ । नेपालमा तेल, दालको कच्चा पदार्थ धेरै मात्रामा विदेशबाट आयात हुने गरेको र अन्तर्राष्ट्रिय बजारमा परेको अरि नेपालमा देखिएको संघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार