भूमिका सुब्बाको बनचरी सार्वजनिक
नेपालबहस संवाददाता
असोज २३, २०७७ शनिबार ०:१४:५४
२३ असोज, काठमाडौं । गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ गीत ‘बनचरी’ सार्वजनकि भएको छ । ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहिबार रिलिज गरिएको हो । गीतमा एउटी नारीको जीवन यात्रालाई समेटिएको छ ।
एउटी छोरीले जन्मदिने आमाप्रति दर्शाउने अगाध प्रेम र माईती गाउँको ‘नोस्टाल्जिया’ गीतमा प्रस्तुत गरिएको गीतकार सुब्बाले बताईन । सुब्बा अफै राम्रो गायिका समेत हुन । उनका मालिङ्गो सैसै, भूमिका र संगिनी तीन ओटा सोलो एल्बम रहेका छन् भने आधा दर्जन भन्दा बढी सयुक्त गीतिसंग्रह बजारमा आएका छन् ।
बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बाको खास गरी जनवादी गायिकाको रुपमा फराकिलो परिचय रहेको छ । पछिल्लो समय उनी गीत लेखनमा लागेकी हुन । त्यसैको निरन्तरता हो ‘बनचरी’ । चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको यो गीतमा पछिल्लो समय म्युजिक भिडियोमा सर्वाधिक रुचाईका कलाकार लक्ष्मी बर्देवाले जीवन्त अभिनय गरेकी छिन् । उनलाई आमाको रुपमा अञ्जु देउजाले साथ दिएकी छिन् ।
साजन राईको संगित रहेको यस भिडियोको किरण चाम्लिङ राईले निर्देशन गरेका हुन । बीजू कर्मचार्यले एरेन्ज गरेको यो गीत भर्जिन भ्वाईसको स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाङ्गफेले छायाङ्कन गरेको भिडियोमा काठमाडाैं उपत्यका छेउछाउँका ग्रामिण दृष्यहरु समेटिएका छन् । चाडपर्व नजिकिदै गर्दा एउटी छोरीले माइती गाउँ र जन्मदिने आमा सम्झिएर बनचरी जस्तै स्वतन्त्र भइ आमालाई भेट्न माइतीघर जाने भाव इच्छा गीतमा अभिव्यक्त भएको संगीतकार साजन राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार