अरिङ्गालको टोकाइबाट युवकको मृत्यु
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार २३:५८:१२
२५ असोज, खोटाङ । अरिङ्गालको टोकाइबाट गम्भिर घाइते बनेका एक युवकको उपचारका क्रममा आज मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिङ राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अरिङ्गालले टोकेपछि उद्धार गरेर बेहोस अवस्थामा उपचारका लागि अस्पताल ल्याइएका राईको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए । घाँस÷दाउरा गर्न जङ्गल गएका राईलाई शनिबार दिउँसो करीब ४ बजेको समयमा रुखमा गोला भएको अरिङ्गालले टोकेर घाइते बनाएको स्थानीय बासिन्दाले बताएका छन् ।
शरीरका विभिन्न भागमा अरिङ्गालले टोकेर गम्भीर घाइते बनेका राईलाई स्थानीय बासिन्दाले बेहोस अवस्थामा फेला पारेर उपचारका लागि जिल्ला अस्पताल ल्याएका थिए । उपचारका क्रममा ज्यान गुमाएका राईको शव परीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
वैशाखमामा डढेलो तथा आगलागीमा परी देशभर २६ जनाको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार