सीमामा जनशक्ति थप्दै सशस्त्र प्रहरी
नेपालबहस संवाददाता
असोज २५, २०७७ सोमबार ०:११:४६
२५ असोज, महोत्तरी । राष्ट्रिय महत्वका चाडवाड नजिकिँदै गर्दा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सीमा सुरक्षापोष्ट ‘बिओपी’ थप गरेको छ । भारतसँगको सीमा क्षेत्रमा सुरक्षापोष्ट थप्ने पूर्वनिर्णयानुसार आज मरुवाहीमा नयाँ पोष्ट स्थापना गरी सञ्चालनमा ल्याएइको हो ।
सशस्त्र प्रहरी बल प्रदेश नं २ बाहिनीपति कृष्णभक्त ब्रह्मचार्यले नयाँ सीमा सुरक्षापोष्टको आज उद्घाटन गरे । नवस्थापित सीमा सुरक्षापोष्ट मरुवाही नेपालभारत सीमासँगै जोडिएको एकडारा गाउँपालिकामा पर्छ । नयाँ पोष्ट सञ्चालनमा आएसँगै जिल्लामा अब सीमा सुरक्षापोष्टको सङ्ख्या आठ पुगेको सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वाटरप्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।
यसअघि जिल्लाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, मनरा, भिठ्ठामोर र मटिहानीमा सशस्त्र प्रहरीका सीमा सुरक्षापोष्ट रहँदै आएका छन् । नयाँ पोष्टमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना विन्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वाटरले जनाएको छ । भारतसँग महोत्तरी जिल्ला भरिमा ३८।४६ किलोमीटर दूरीको सीमा छ । सशस्त्र प्रहरीले यसअघि नै प्रदेश नं २ का आठ वटै जिल्लामा ७३ नयाँ सीमा सुरक्षापोष्ट स्थापना गर्ने गरी काम अघि बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प
जेठ ८, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद
जेठ ८, २०८१ मंगलबार
सशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
जेठ ११, २०८१ शुक्रबार
आगामी असार २ गते व्यास नगरप्रमुखको पुनःमतगणना हुने
जेठ ११, २०८१ शुक्रबार
इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू
जेठ ११, २०८१ शुक्रबार
सदनको गतिरोध हटाउने विषयमा शीर्ष नेताबीचको छलफल सकारात्मक
जेठ ११, २०८१ शुक्रबार
रफाहमा आक्रमण तुरुन्त रोक्न इजरायललाई संयुक्त राष्ट्र संघ अदालतको आदेश
जेठ ११, २०८१ शुक्रबार