नेपाली बनेर भारतीयद्धारा दुई अर्ब ३९ करोडको राजश्व छली
नेपालबहस संवाददाता
असोज २६, २०७७ मंगलबार ४:२१:२८
२६ असोज, काठमाडौं । एक भारतीयले नेपाली नागरिकता बनाएर झण्डै साँढे दुई अर्बको राजश्व छली गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ स्थित सोनी ज्वेलर्स तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका सञ्चालक सुनिल सोनीले यसरी राजश्व छली गरेका हुन् । उनले सुनिल सुनारको नाममा नेपाली नागरिकता समेत लिएको भेटिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
उक्त घटनामा सोनी र मतियार अमित परियारसमेत विरुद्ध सुन चाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेको मैनालीले जानकारी दिए । उनीहरु विरुद्ध रु दुई अर्ब ३९ करोड ५५ लाख विगो असुल गरी जरिवाना र कैद सजायको मागदावी लिई आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दर्ता गरिएको हो ।
उनलाई विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान कार्यालय बुटबलबाट खटिएको टोलीले असार ३० गते पक्राउ गरेको थियो । सोनीले सुन, चाँदीको अवैध आयात निर्यात तथा बिक्री कारोबार गर्ने गरेको तथा मोवाइलको माध्यमबाट विभिन्न व्यक्तिसँग कारोबार गर्ने गरेको खुलेको छ ।
अनुसन्धानका क्रममा उनले बैंक तथा भन्सार विन्दुबाहेक अन्य बाटोबाट सुन चाँदी चोरी पैठारी गरी अवैध रुपमा विक्री गर्ने र सो बाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिलाई भुक्तानी दिने गरेको पाइएको मैनालीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार