नक्कली मह बनाएर बिक्री गरेको खुलासा
नेपालबहस संवाददाता
असोज २६, २०७७ मंगलबार ४:२५:४५
२६ आसोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको बजार अनुगमनको क्रममा नक्कली मह बनाएर व्यावसायिक रुपमा विक्री वितरण गर्ने गरेको पाईएको छ । आज बिहान कामपा उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीलले गोङ्गबु मित्रनगरमा नक्कली मह बनाउने सामान फेला पारेको छ ।
होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान राखी उक्त स्थानबाटनै व्यावसायिक रुपमा मह बनाउने र विक्री गर्ने गरेको पाईएको छ । अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले दुई जना व्यापारी सम्पर्कमा आएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइने भएको छ । होटलमा अनुगमन टोली पुग्दा अन्य व्यापारी मह बेच्न बाहिर गएका थिए ।
होटल सञ्चालक लीलाबल्लभ पराजुलीका अनुसार उनीहरुले साँझ मह बनाउने र दिउँसो बेच्ने गरेका थिए । पराजुलीका अनुसार उनीहरु मह बेच्ने पुराना व्यापारी हुन् । अनुगमन टोलीको नेतृत्व गरिरहनु भएका कामपाको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार महको चाका मैदाको हुन सक्छ ।
अन्य रसायन के के प्रयोग गरेका छन् अध्ययन भइरहेको बताइएको छ । अनुगमन टोलीले होटलका तीन वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा राखेर ताला लगाएको छ । त्यहाँ नौ किलो १८६ ग्रामका २८ पोका मह बनाउने सामग्री र र १३ टिन माहुरीको चाका छ । यस्तै अन्य सामग्रीको सानातिना धेरै पोका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी गर्न किसानले बनाए विज्ञ समूह
जेठ ११, २०८१ शुक्रबार
नेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
गृहमन्त्रीलाई समितिको पत्र, सडकमा ट्राफिक स्वयंसेवक खटाएको बारे जवाफ दिन आउनु
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
राष्ट्रसंघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान
जेठ १७, २०८१ बिहिबार
उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार
जेठ १७, २०८१ बिहिबार
गाजा युद्ध थप सात महिना जारी रहने इजरायलको चेतावनी
जेठ १७, २०८१ बिहिबार
महालेखालाई तत्काल बेरुजु फर्स्यौट गर्ने रणनीतिक योजना पेस गर्न लेखा समितिको निर्देशन
जेठ १७, २०८१ बिहिबार