मकवानपुरमा पुरानो सफा नोट वितरणः नयाँ नोट अभाव
नेपालबहस संवाददाता
असोज २८, २०७७ बुधबार २०:१०:१६
२८ असोज,मकवानपुर । वडादशैँ र तिहारका लागि भन्दै मकवानपुरको हेटौँडालगायत विभिन्न ठाउँमा आजदेखि पुरानो नोट वितरण शुरु गरिएको छ ।सरकारी स्वामित्वको र निजी क्षेत्रबाट सञ्चालित बैँकले सर्वसाधारण र कर्मचारीलाई आवश्यकता अनुसार विभिन्न दरको पुरानो नोट आजदेखि वितरण शुरु गरिएको नेपाल राष्ट्र बैँक हेटौँडाले जनाएको छ ।
कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैँकले सदाझैँ यस वर्षको बडादशैँ र तिहारमा नयाँ नोट वितरण नगर्ने भनी विज्ञप्ति प्रकाशित गरिएकोले सर्वसाधारणलाई नयाँ नोटको अभाव खड्किएको छ ।यहाँका उद्यमी, शिक्षक निजामति कर्मचारी, प्रहरी, नेपाली सेना र सर्वसाधारण सेवाग्राहीलाई उनहरुको माग बमोजिम नच्यातिएको पुरानो नोट वितरण शुरु गरिएको राष्ट्रिय वाणिज्य बैँक हेटौँडा शाखाका प्रबन्धक हेमराज मरहठ्ठाले जानकारी दिए ।
उनका अनुसार बैंकले सेवाग्राहीको माग बमोजिम रु एक हजार, पाँच सय, एक सय, ५०, २०, १०, पाँच र रु दुई दरका पुरानो नोट वितरण गरिरहेको छ ।मकवानपुरमा नेपाल बैँक लिमिटेड, कृषि विकास बैँक, राष्ट्रिय वाणिज्य बैँक र निजी क्षेत्रबाट सञ्चालित विभिन्न बैँक गरी २८ वटा बैँकले अहिले दिनहुँ रु २५ करोड बराबरको दैनिक रकम सर्वसाधारण र कर्मचारीले भुक्तानी लिने गरेको नेपाल बैँक सिटी आफिस हेटौँडाका प्रबन्धक सुरेश लामिछानेले बताए।
पुराना च्यातिएका नोटलाई अलग राखी नच्यातिएका सफा नोटलाई प्याकिङ गरी वितरण गरिएको र ती नोट वितरण गर्न लाइनबद्ध गरी भीडभाड नगरिने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सर्वसाधारणलाई वितरण गर्ने कार्यलाई तीव्रता दिइएको पनि नेपाल बैँकका प्रबन्ध लामिछानेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार