मिसियो ब्राण्डका कपडा किन्नेलाई ६ बैंकको ऋण सुविधा
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ बुधबार १:११:१३
४ कार्तिक, काठमाडौं । प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्डको कपडा मिसियोले ‘वायर नाउ पे लेटर’ अफर ल्याएको छ । नेपालका ६ वटा बैंकसँग सहकार्य गरी मिसियोले यो अफर ल्याएको हो । अफर अन्तर्गत ग्राहकले ९ हजार ९ सय ९९ रुपैयाँ भन्दा बढीको मिसियो कपडा किन्दा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।
मिसियोले यसका लागि नबिल बैंक, स्टाण्डर्ड चार्टर बैंक, इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, एनआईसी एसिया बैंक र हिमालय बैंकसँग सम्झौता गरिसकेको छ । यी बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ९ महिनाका लागि फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।
अहिले कपडा लगाएर पछिसम्म तिर्नसक्ने गरी मिसियोले ल्याएको यो अफरले धेरै ग्राहकलाई राहत हुने कम्पनीले विश्वास लिएको छ । आरभ मल्टिनेशनल हाउस प्रा.लि. अन्तर्गतको मिसियो शोरुम काठमाडौं नयाँबानेश्वर र सुन्धारास्थित सिभिल मलमा छ । दुवै शोरुममा मिसियो खरिद गर्ने ग्राहकले यो सुविधा प्राप्त गर्ने प्रबन्ध निर्देशक रज्जु तण्डुकारले जानकारी दिइन् ।
‘शून्य प्रतिशत ब्याजदरमा ९ महिने किस्ता सुविधामा ब्राण्डेड कपडाहरु किन्ने सुवर्ण अवसर हाम्रा ग्राहकलाई मिलेको छ,’ उनले भनिन्, ‘यो अफरको भरपुर लाभ लिन म मिसियो ब्राण्ड मन पराउने सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गर्दछु ।’
महिला र पुरुष दुवैका लागि आवश्यक ब्राण्डेड कपडा मिसियो ब्राण्डमा नेपाली बजारमा उपलब्ध छ । सिभिल मलमा फेब्रुअरी २ बाट र नयाँ बानेश्वरमा सेम्टेम्बर २४ बाट मिसियोको शोरुम स्थापना भएको हो । नेपालमा बिक्री सुरु भएदेखि नै मिसियो ब्राण्डप्रति ग्राहकको आकर्षण देखिएको कम्पनीले जनाएको छ । ‘धेरै राम्रो रेस्पोन्स पाएका छौं,’ तण्डुकारले भनिन्, ‘मेट्रियल्स र ब्राण्ड अनुसार मूल्य पनि सस्तो छ ।’
१५ वर्षदेखि ५० वर्षसम्मकालाई लक्षित गरी नेपाली बजारमा मिसियो भित्र्याए पनि राम्रो ब्राण्ड भएकाले बालबालिकादेखि ५० वर्षभन्दा माथिका ग्राहकसमेत कपडा किन्न आउने गरेको तण्डुकारले बताइन् । ‘फेसनेवल र क्वालिटी मन पराउनेहरुका लागि मिसियो रोजाईमा परेको छ,’ उनले भनिन् । बैंकहरुसँगको सहकार्यमा सुरु गरिएको किस्ताबन्दी सुविधाले मिसियोप्रति ग्राहकको आकर्षण अझै बढ्ने कम्पनीले विश्वास लिएको छ ।
मिसियोको लागि नेपालको मास्टर फ्रेन्चाइज कम्पनी आरभ मल्टिनेशनल हाउस हो । शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली ग्राहकहरुमाझ ल्याउन पाउँदा निकै खुशी लागेको तण्डुकारले बताइन् ।
मिसियो चीनको उत्कृष्ट ब्राण्डमा पर्छ । चीनको फेसन उद्योगको प्रतिष्ठित समूह इस्योन (YISHION) को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित छ । चीनमा मिसियोका ३२ वटा फ्याक्ट्री छन् भने ५ हजार भन्दा बढी स्टोर्स छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार