चाडपर्वको मौकाछोपी कालोबजारी बढेपछि बजार अनुगमन तीव्र
नेपालबहस संवाददाता
कात्तिक ५, २०७७ बुधबार १६:५०:३३
५ कात्तिक, लहान । चाडपर्वको मौकाछोपी कालोबजारी भइरहेको जनगुनासोपछि सिरहामा खाद्यान्न तथा मिठाइ पसलहरुको संयुक्त अनुगमन शुरु गरेकोे छ ।
कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्य वस्तु खरिद बिक्री गर्न तथा सरल र सहजरूपमा उपभोक्ताले उपभोग्य सामग्री पाउन सक्ने उद्देश्यले सिरहा र सप्तरी जिल्लाको प्रमुख बजारहरुमा रहेको खाद्यान्न तथा मिठाइ पसलहरुको अनुगमन शुरु गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइमा लहानमा थालिएको अनुगमनका क्रममा लहान नगरभित्र एक दर्जन किराना पसल तथा मिठाइ पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा पसलहरुबाट ठूलो मात्रामा म्याद गुज्रेका फ्रुटी, बदाम जुस, बिस्कुट, चाउचाउ, मसलालगायतका सामान बरामद गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिए ।
पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा मापदण्डको प्रयोगलगायतमा अनुगमन केन्द्रित रहेको उनले जानकारी दिए ।
पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलहरुमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्य वस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको उनले जानकारी दिए । अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारवाही गरिने उनको कथन थियो । सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैयालगायतका मुख्य शहरमा पनि बजार अनुगमन गरिने प्रमुख सिंहले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी गर्न किसानले बनाए विज्ञ समूह
जेठ ११, २०८१ शुक्रबार
नेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
हान्सी फ्लिक बने बार्सिलोनाको प्रशिक्षक
जेठ १७, २०८१ बिहिबार
भारतको दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री
जेठ १७, २०८१ बिहिबार
राष्ट्रिय परिचयपत्र बनाउन लामबद्ध सेवाग्राही
जेठ १७, २०८१ बिहिबार
विद्यार्थीलाई झोला उपहार
जेठ १७, २०८१ बिहिबार
सुर्खेत जीप दुर्घटनाः मृतकको सङ्ख्या ४ पुग्यो
जेठ १७, २०८१ बिहिबार
जनकनन्दिनी बन्यो पूर्णखोप पालिका
जेठ १७, २०८१ बिहिबार