व्यवसायीलाई धितोरहित कर्जा, १८ महिनाको ब्याज मिनाहा !
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ शुक्रबार ०:५:४३
६ कार्तिक, काठमाडाैं । वान टु वाच, एनएमबि बैंक, लक्ष्मी बैंक र स्वीस सरकार विकास सहयोग एसडीसी बीच भएको सहमति अनुसार व्यवसायीलाई धितोरहित कर्जा र १८ महिनाको व्याज मिनाहा गर्न सकिने मोडल सार्वजनिक भएको छ ।
सम्झौता अनुसार लघु, साना तथा मझौला व्यवसायहरु (एमएसएमई) लाई सहयोग गर्ने जनाइएको छ । स्वीस सरकार विकास सहयोग एसडीसीको सहयोगमा वान टु वाचले एनएमबि बैंक र लक्ष्मी बैंकसंग साझेदारी गरि कोभिड–१९ एमएसएमई कोषको घोषणा गरेको छ ।
यो कोषको मुल उद्देश्य कोभिड–१९ बाट प्रभावित लघु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ । यो कोषबाट व्यवसायीहरुलाई छोटो अवधिको लागि कर्जा प्रदान गर्नुका साथै व्यवसाय अनुकूल परामर्श र तालिम पनि प्रदान गरि व्यवसायको दीर्घायु निरन्तरतामा सहयोग पुर्याउन र रोजगारी जोगाउन मद्दत गर्ने छ । यो कोषद्धारा करिब १०० व्यवसायलाई सहयोग प¥याउने र करिब १००० रोजगारी जोगाउने अपेक्षा गरिएको छ ।
यस अन्तर्गत कोभिड १९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितो रहित कर्जा र १८ महिनासम्मको लागि व्याज पनि मिनाहा गरिनेछ । त्यसैगरि त्यी व्यवसायहरु मध्ये छनोटमा परेका व्यावसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् ।
थप जानकारीसहित :-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
जेठ ८, २०८१ मंगलबार
पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा आज पेशी
जेठ ८, २०८१ मंगलबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार