गीतकार दर्पण राईको माया यस्तो बनोस् हाम्रो सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ सोमबार २२:२७:८
१७ कार्तिक, काठमाडौं। नेपाली संगीत क्षेत्रमा गायक गायिका मात्र होइनन्, कुनै गीतकार पनि चर्चित छन् । तिनै चर्चित गीतकार दर्पण राईको पछिल्लो गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘माया यस्तो बनोस् हाम्रो’ बोल गीतको यस भिडियो दर्शक तथा श्रोताका लागि जति प्रतिक्षित थियो, त्यति नै गीतकार दर्पणका लागि पनि । तर, भिडियो सार्वजनिक भएसँगै ‘यो गीतले गीतकार दर्पण राईको साखः कायम राख्ला ? ’
भन्ने प्रश्न पनि उब्जिएको छ । ‘तिम्ले बाटो फेरेऊ अरे’जस्ता चर्चित गीतका गीतकारको पहिचान छ दर्पण राईसँग । यसैबेला उनले आफ्नो महत्वकाँक्षी गीत ‘माया यस्तो बनोस् हाम्रो’ ल्याएका हुन् । मोडल तथा गीतकार दर्पणका आधा दर्जनभन्दा बढी गीत सार्वजनिक भइसकेका छन् । तर, परिचय उही छ, ‘तिम्ले बाटो फेरेऊ अरे’ गीतका गीतकार दर्पण राई । आधुनिक गीतमा एउटा इतिहास बनाउन सफल ‘तिम्ले बाटो फेरेऊ अरे’ १ र २ ल्याएका दर्पण भन्छन्, ‘यो गीतबाट पनि अपेक्षित छु ।’ तर, त्यति सजिलो छैन, बरु दर्पणका लागि यो एउटा चुनौती पनि हो ।
मीठास र कर्णप्रिय गीतको भिडियो फिल्मीशैलीमा बनेको छ । भिडियो हेर्दा लाग्छ, ‘कुनै फिल्मभित्रको गीत हो यो ।’ हो, यस सन्दर्भमा पनि यो भिडियो गीतकार दर्पणका लागि चुनौती बनेको हो, किनकि यसै भिडियोमार्फत उनी मोडलका रुपमा खुलेका छन् जबकि यसअघि मोडलिङ गरेपनि यसरी उनी खुलेका थिएनन् । मानौँ, ‘माया यस्तो बनोस् हाम्रो’ दर्पणका लागि गीतिकारिताको एउटा खुड्किलो मात्र नभएर फिल्मीयात्राको ‘भयाङ’ पनि हो ।
यस भिडियोलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । उनले यस गीतको भिडियोलाई एउटा छोटो फिल्मको रुपमा प्रस्तुत गरेका छन् । नेपाली फिल्मी क्षेत्रमा उज्वल सम्भावना बोकेकी प्रशंसा र गीतकार दर्पणलाई निर्देशक चाम्सले भिडियोमा उत्कृस्ट काम गराएका छन् ।
मोडल तथा गायिका सम्झना राई र संगीतकार समेत रहेका गायक विक्रम राईले गाएको ‘माया यस्तो बनोस् हाम्रो’ गीतलाई दर्पणले नै लेखेका हुन् । त्यसैले लाग्छ, ‘यो गीत तयार गर्दाखेरी नै भिडियो कन्सेप्ट फिल्मीशैलीमा तयार गरिएको थियो ।’ तर, भिडियो एउटै घरमा सक्नुचाहिँ निर्देशक चाम्सको खुबी मान्नुपर्छ ।
एमएमएस इन्टरटेनमेन्टको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको संगीतकार अजय कार्की हुन् । संगीकार कार्कीका लागि यो गीत ‘टर्निङ प्वाइन्ट’ बन्न सक्छ । यस भिडियोलाई सिनेमाटोग्राफर राम केसीले खिचेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार