नेपालकी प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’ को उपाधि
नेपालबहस संवाददाता
कात्तिक १९, २०७७ बुधबार २०:५:१०
१९ कार्तिक, काठमाडौं । गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउनसँगै बेष्ट डान्सर र दुई महिना अगाडि फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधीसँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी प्रिन्शा खड्काले फेरि अर्को अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जित हाँसिल गरेकी छिन ।
टिभि स्टार्ट इन्टरनेशनल फेस्टिवलले अनलाइन मार्फत आयोजना गरेको अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा विभिन्न विधामा विश्वभरबाट १६ देशका ४० जना प्रतिस्पर्धीहरु सहभागी थिए । जसमध्य नेपालको प्रतिनिधित्व गर्दै भाग लिएकी ७ वर्षिया प्रिन्शा खड्काले सबैलाई पछि पार्दै ‘गोल्डेन क्विन’ को उपाधि हात पारेकी हुन ।
आज टिभी स्टार्ट फेस्टिवलले ‘गोल्डेन क्विन अफ द टिभी स्टार्ट वल्ड २०२०’ घोषणा गरेको हो । अनलाइन मार्फत विभिन्न चरणमा सम्पन्न प्रतिष्पर्धामा उक्त सफलता प्रिन्शाले हात पारेकि हुन । प्रतियोगितामा प्रिन्शाको विभिन्न भिडियो र तस्बिरहरु प्रतिष्पर्धाको लागि आयोजकलाई उपलब्ध गराइएको थियो । कार्यक्रमको संयोजन नेपाल स्थित मोर्निंग ग्लोरी इन्टरटेनमेन्ट र मोहना मोथे खनालले गरेका थिए ।
प्रिन्शाले दुई महिना अघि मात्र साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड २०२०’ मा नेपालको प्रतिनिधित्व गर्दै ७ वर्षिया प्रिन्शा खड्काले फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड पनि जितेकी थिइन ।
रुकुमकी प्रिन्शा खड्काले यसअघि नेपालमा आयोजित ‘क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९’ लगायत धेरै टाइटल जितिसकेकी छिन । हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन । विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीको बहुचर्चित गित ‘कारगिल भाग २’ म्युजिक भिडियोमा बाल कलाकारको रुपमा उत्कृष्ट अभिनय गरेकि छिन । यस्तै अन्य दर्जन बढि म्युजिक भिडियोहरुमा बाल कलाकारको रुपमा अभिनय गरेकी प्रिन्शाको अभिनय नि त्यतिकै निखारिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
यस्ता छन् अल्सरका लक्ष्यणहरु, यसबाट बच्न के गर्ने ?
जेठ १२, २०८१ शनिबार
गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
जेठ १२, २०८१ शनिबार
पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित
जेठ १३, २०८१ आइतबार
नेवार समुदायका युवायुवतीलाई वाद्यवादन तालिम
जेठ १३, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम पास गर्ने तयारी
जेठ १३, २०८१ आइतबार
काठमाडौमा तापक्रम बढ्दो क्रममा, तराईमा ४१ डिग्री नाघ्यो
जेठ १३, २०८१ आइतबार
सहकारी ठगीविरुद्ध सडकमा कांग्रेस : आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दै
जेठ १३, २०८१ आइतबार
टीओआर टुंग्याउन शीर्ष नेताको बैठक आज बस्दै
जेठ १३, २०८१ आइतबार