गोरखा समाज अन्तराष्ट्रीय समन्वय परिषदमा खनाल र गुरुङ छानिए
नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ सोमबार ०:४५:३६
२३ कार्तिक, काठमाडौं । विराट बाबु खनाल र सकुन्तला गुरुङ ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषदको सचिव चुनिएका छन् । खनाल र गुरुङको नियुक्तीसँगै परिषदको दोस्रो महाधिवेशन सकिएको ३ हप्ता भित्र पदाधिकारी चयन कार्यले पुर्णता पाएको छ । विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषद महाधिवेशन अक्टोबर १७ तारिखका दिन जुम प्रविधिको माध्यमबाट भएको थियो । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोे उक्त महाधिवेशनले युवा व्यवसायी विनय अधिकारीको नेतृत्वमा कार्य समिती चयन गरेको थियो ।
को हुन खनाल ?
विराट बाबु खनाल गोरखा समाज जापानका सचिव हुन । गोरखा समाज जापानमा रहेर आफुलाई समाज सेवामा खरो उतार्न सफल खनाल अब्बल सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । सिंगो नेपाली समुदाय र गोर्खालीको पक्षमा विभिन्न माध्यमबाट आवाज बुलन्द गर्ने, दिन दुखिहरुको सेवामा आफु लाई समर्पित तुल्याउदै आएका खनालको जन्म स्थल गण्डकी गाँउपालिका हो ।
को हुन गुरुङ ?
गोरखा समाज युकेमा आवद्ध एनआरएनए यूकेको सहकोषाध्यक्ष हुन सकुन्तला गुरुङ । कोमल मनकी धनी, दिन दुखिहरुको सेवामा आफुलाई समर्पित गराई रहेकी गुरुङको जन्म थलो गोरखा, सिरानचोक गाँउपालिका हो । सचिवसँगै गुरुङलाई महिला विभागको जिम्मेवारी पनि दिईएको छ । साथै कार्य समितीले सचिव विराट बाबु खनाललाई “आचरण तथा अनुशासन” विभागको संयोजकको ज़िम्मेवारी तोकेको छ । नवनियुक्त सचिवद्वय खनाल र गुरुङलाई ग्लोबल गोरखा समाजको तर्फबाट अध्यक्ष विनय अधिकारी, उपाध्यक्ष गोकर्ण ढकाल र कोषाध्यक्ष आकाश बन्जराले वेमिनार मार्फत बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
न्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ
जेठ १५, २०८१ मंगलबार
चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन
जेठ १५, २०८१ मंगलबार
आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य
जेठ १५, २०८१ मंगलबार
प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब बजेट दिइने
जेठ १५, २०८१ मंगलबार
गाजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था गरिने
जेठ १५, २०८१ मंगलबार