ग्राहकको रोजाइमा थ:छे डाईमण्ड नेवारी रेष्टुरेन्ट बार
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ मंगलबार १७:६:२२
२५ कार्तिक, काठमाडौं । नेवारी खाजा राजधानीबासीका लागि पुरानो खाजा होइन । तर, पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ । नेवारी खाजाले व्यावसायिक रूप पनि लिँदै आएको छ । ग्राहकहरू पनि नेवारी खाजाको स्वाद लिन खोजी–खोजी नेवारी होटलहरूमा जाने गरेको पाइन्छ ।
युवा वर्ग, परिवारको साथमा रमाइलो गर्न वा स्वादको मज्जा लिन नेवारी होटलतिर ग्राहकको आकर्षण बढ्दै गएको छ । उपत्यकाभित्र रहेर नेवारी खाजाको स्वाद नलिएको व्यक्ति त सायदै होला । नेवारी खाजाघर विस्तारै ब्राण्डको रूपमा पनि स्थापित हुँदै गइरहेको छ । नेवारभित्र आ–आफ्नो चालचलन भएपनि खाना भने भिन्न रहेको पाइँदैन ।
अधिकांश नेवारी जाति बाक्लो बस्ती रहेको उपत्यकामा यसको ग्राहक बढ्दै जानु स्वभाविक नै हो । साना होटलदेखि रेष्टुराँसम्ममा यसको व्यापार बढ्दै गइरहेको छ । यहाँ बसेर केही हुदैन भन्नेको लागि पनि राम्रो व्यवसायको रुपमा लिइने गर्दछ नेवारी खाजा घर । यो व्यवसायबाट नै नाम र मनग्य आम्दानी कमाइरेहका छन् नेवारी रेष्टुरा र होटलहरूले ।
यसमा विदेशी पर्यटक भन्दा नेपाली ग्राहकको आकर्षण नै बढी रहेको छ । करिब ८५ प्रतिशत नेपाली समुदाय नै नेवारी खाजाप्रति आकर्षित भएको पाइन्छ । काठमाडौंको चाबहिल बाट ५ किलोमिटर मात्र टाडा रहेको गोकर्ण भैरबचौर सुन्दरीजल जाने बाटोमा रहेको थ:छे डाईमण्ड नेवारी रेष्टुरेन्ट बारमा ग्राहकको मोह अहिले बढ्दै गएको छ ।
नयाँ पुस्तालाई लक्षित गर्दै शुक्रबार मनोरञ्जनसम्बधि विविध कार्यक्रमहरू सञ्चालनमा समेत ल्याएकोलेपनि रेस्टुरेण्टको आकर्षण बढ्दै गएको छ । यसका साथै परिवारजनसँग जाने ग्राहकको पनि उपस्थिति बढी मात्रामा रहेको देखिन्छ । तर नेवारी खानामा भने सम्पूर्ण वर्गलाई समेटिएको पाइन्छ ।
यहा नेवारी खाना मात्र नभएर अन्य नेपाली, कनटिनेण्टल खाना समेत पाइने जानकारी यस रेस्टुरेन्टकि संचालिका हिरा देबी श्रेष्ठले गराइन। थ:छे डाईमण्ड नेवारी रेष्टुरेन्ट बार ग्राहकको रोजाइमा पर्न पुगेको एक नेवारी रेष्टुरेन्टमध्ये पर्दछ । थस्छे को अर्थ माइतिघर तथा अर्को अर्थमा आफ्नै घर रहेको समेत हिरा देबी श्रेष्ठले बताइन। यहाँ नेवारी चलनअनुसार खाना खुवाइन्छ, त्यसैगरी ग्राहकको पनि सेवा गरिन्छ र त्यही अनुसार नेवारी खाजा तयार गरिन्छ ।
यहाँ विभिन्न क्षेत्रबाट ग्राहकहरू नेवारी खाजाको स्वाद लिन र नेवारी संस्कृतिको बारेमा बुझ्न आउँछन् । नेपालीहरूमात्र नभएर विदेशी पर्यटकहरू पनि नेवारी खाजाप्रति आकर्षित भएर खाजा खान आउने गर्दछन् । नेवारी खाजाका साथसाथै नेवारी संस्कृतिलाई पनि प्राथमिकता दिँदै आएको श्रेष्ठको भनाइ छ ।
थ:छेमा विशेषगरी समयबजी, चटामरी, छोइला, बारा, खाजा सेट, ऐला, थो, योमरी, हाँसको छोइला लोकल रक्सी मसला हालेको बढी मात्रामा व्यापार हुने पनि उनले बताइन । थ:छेको वातावरण रमाइलो र शान्त छ, त्यसैले परिवारहरू धेरै मात्रामा आउने गर्दछन् र मनोरञ्जन अनि खाजाको स्वाद लिन पनि जान्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार