निधि सभापतिको उम्मेदवार भए गुटको चर्को विभाजन कम हुन्छ : डा.मीनेन्द्र रिजाल
नेपालबहस संवाददाता
कात्तिक २६, २०७७ बुधबार १५:४९:४७
२६ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले उपसभापति विमलेन्द्र निधि सभापतिको उम्मेदवार भएमा सबै विवाद कम हुने बताएका छन् ।
बुधबार ट्वीट गर्दै रिजालले उपसभापति निधि अब सभापतिकाे उम्मेद्वार हुँदा पार्टीभित्र गुटको चर्को विभाजन कम हुने उल्लेख गरेका हुन् । उनले अगाडि अगाडि लेखेका छन्, “विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुइभन्दा बढी उम्मेदवार हुन्छन र पार्टी अहिले झैं दुइटा ध्रुवमा चर्को गरी विभाजित रहदैन् । त्यो सकारात्मक हो । तर उहाँले सफलता प्राप्त गर्ने/नगर्ने र सफल भए बिना भेदभाव सबैलाई नेतृत्व गर्न सक्ने/नसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ।”
विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुइभन्दा बढी उम्मेदवार हुन्छन र पार्टी अहिले झैं दुइटा ध्रुवमा चर्को गरी विभाजित रहदैन। त्यो सकारात्मक हो। उहाँले सफलता प्राप्त गर्ने/नगर्ने र सफल भए बिना भेदभाव सबैलाई नेतृत्व गर्न सक्ने/नसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ।
— Minendra Rijal (@MinendraRijal) November 11, 2020
कांग्रेसको १४ औं महाधिवेशन नजिकिएका बेला वरिष्ठ नेता रामचन्द्र पाैडेल निकट मानिने रिजालले उक्त कुरा बाहिर ल्याएका हुन् । कांग्रेसको महाधिवेशन फागुनमा तोकिएको छ। फागुनमा महाधिवेशन केही गरी नभए त्यसको छ महिनाभित्र गरिसक्नुपर्ने बाध्यकारी अवस्था छ।
तर निधि सफल हुने वा नहुने भन्ने कुरा अहिले नै परीक्षण गर्न नसकिने रिजाल तर्क गर्छन्। यता सभापति शेरबहादुर देउवालाई लामो समयदेखि साथ दिँदै आएका निधि यसपटक आफैं सभापति उठ्ने तरखरमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार