कलंकी दुर्घटनामा प्रहरी अनुसन्धान सुरू, घाइतेकाे उपचार हुँदै
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार १४:८:५८
२७ कार्तिक, काठमाडौं । आज बिहान कलंकीस्थित मकालु पेट्रोलपम्प नजिकै भएकाे ट्रक दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान थालेकाे छ । कलंकीमा रोकिराखेको ट्रकमा कुखुरा बोकेको गाडी ठक्कर खाएपछि तीन जनाको मृत्यु भएको थियाे । बिहान करिब ३ः३५ मा भएको दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा लगिएकोमा तीन जनाको निधन भएको र एक जना सामान्य घाइते रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
बल्खुबाट सीतापाइलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी सडकमा रोकिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकसँग ठक्कर खाएको थियो।
दुर्घटनामा परेका नुवाकोट सुन्दरदेवी गाउँपालिका घर भएका २४ वर्षिय रोशन तामाङ, नुवाकोट तारकेश्वर गाउँपालिका घर भएका ३७ वर्षका माधव घिमिरे र तारकेश्वरकै २७ वर्षिय भूपेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै सवारी साधनका चालक प्रहरी नियन्त्रणमा रहेका छन् । नुवाकोट तारकेश्वरका २२ वर्षिय विजय तामाङ घाइते छन् । उनको खुट्टामा चोट छ । प्रहरीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनमा पर्यटक बोकेको जिप दुर्घटना, ६ भारतीय पर्यटक घाइते
जेठ २०, २०८१ आइतबार
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छः पूर्वअर्थमन्त्रीहरु
जेठ २०, २०८१ आइतबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
सर्वोच्चले गोविन्दराज जोशीविरुद्धको फैसलाको निर्णय साउन १३ गते सुनाउने
जेठ २०, २०८१ आइतबार
उदयपुरमा फेरि तीन सय केजी गाँजा बरामद
जेठ २०, २०८१ आइतबार
सकियो पुस्तकालय सम्मेलन, १७ बुँदे गण्डकी घोषणापत्र जारी
जेठ २०, २०८१ आइतबार