लगानीकर्ताको माग बढ्दा दोस्रो बजारमा शेयर खोसाखोस
नेपालबहस संवाददाता
मंसिर ४, २०७७ बिहिबार २२:२१:४
४ मंसिर, काठमाडौं । मंसिर महिनाको पहिलो हप्ताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हालसम्मकै उच्च रकमको शेयर खरीदबिक्री भएको छ । नेप्सेका १२ वटै उपसुचमा ग्रिन सिग्नल देखिँदा परिसुचक ३६.३२ अंकले वृद्धि भएको छ । नेप्से इतिहासमा अहिलेसम्मको उच्चतम अंक १८८१ हो ।
आज बजार ३६ अंकले बढेर १७७८ अंकमाथि पुगेको छ। शेयर बजार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ बराबरको कारोबार पनि भएको छ । कारोबार रकमको आधारमा यो हालसम्मकै उच्च हो ।
आज १९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर ५६ हजार ३४१ पटक खरीदबिक्री भएका हुन् । व्यापार र होटलको सूचकमा ९ प्रतिशत धेरैको वृद्धि आएको छ । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड बढीको शेयर खरीदबिक्री हुँदा १५ कम्पनीको शेयर ९ प्रतिशत धेरैले बढेको छ । कारोबारमा आएका ३२ कम्पनीको शेयरमूल्य मात्र घटेको छ ।
बजार विश्लेषका अनुसार बैंक ब्याज दरकै कारण शेयरबजारमाथि गएको हो । लगानीका अन्य क्षेत्रहरु कोरोनाका कारण सुस्त हुनु र घर जग्गा कारोबार पनि सुस्त हुनुले बजारमा लगानीको मात्र बढेको अनुमान गरिएको छ । बैंकहरुमा अत्याधिक तरलता रहेको र अझै चार–साढे चार खर्ब रुपैयाँ लगानी गर्दा पनि पर्याप्त तरलता भएर ब्याज घट्ने विश्लेषणहरुको अनुमान छ ।
नेपाल रिइन्स्योरेन्स कम्पनी पछि हिमालयन डिस्टिलरीको २७ करोड ७ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड १२ लाख, नेशनल लाइफको १८ करोड ४३ लाख, नेपाल टेलिकम १७ करोड ३१ लाख, नेको इन्स्योरेन्स १६ करोड ७७ लाख, शिवम् सिमेन्ट १६ करोड १८ लाख, एनआईसी एसिया १५ करोड ६० लाख, नागरिक लगानी कोष १३ करोड ७७ लाख र प्रभु बैंक १२ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। कुल कारोबार रकम ६ अर्ब ११ करोडमा यी १० कम्पनीको हिस्सा साढे ३३ प्रतिशत छ।
कारोबार अवधिभर रातो रहेको वाणिज्य बैंक समूह बजार बन्द हुने समयमा हरियो देखिएसँगै २.७१ अंक बढेर बन्द भएको छ। सञ्चालनमा रहेका २७ बैंकमध्ये २० वटाको वितरणयोग्य नाफा घटेको समाचार प्रकाशित भएकाले पनि बैंकिङ समूहका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण कम देखिएको छ ।
आज पाँचवटा कम्पनीको शेयर मूल्य बढेर सर्किट लागेको छ। तारागाउँ रिजेन्सी (ह्यात) होटल, युनिलिभर नेपाल, बोटलर्स नेपाल तराई, हिमालयन डिस्टिलरी र विशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्यमा सर्किट लागेको थियो ।
ह्यात होटलले पछिल्लो दुई त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । कोभिडका कारण होटल बन्दजस्तै छ। तैपनि कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ३०८ रुपैयाँ पुगेको छ।
युनिलिभरले बुधबार मात्रै नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यसपालि लाभांश पनि निक्कै कम दिएको थियो। तैपनि कम्पनीको शेयर मूल्य प्रतिकित्ता १८४९ रुपैयाँले बढेर २० हजार ३४४ रुपैयाँ पुगेको छ ।
हिमालयन डिस्टिलरी पछिल्लो समय निरन्तर बढिरहेको कम्पनी हो । कम्पनीले चालु वर्षको पहिलो त्रैमासमा ९२ प्रतिशतले नाफा बढाएको छ। कम्पनीको बुधबार पनि मूल्य १० प्रतिशतले बढेको थियो । आज पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २९ सय २८ रुपैयाँ पुगेको छ।
बोटलर्स नेपाल तराईको पनि मूल्य १० प्रतिशतले बढेर ९ हजार २९० रुपैयाँ पुगेको छ। कम्पनीको पनि नाफा घटेको छ । गत वर्षभरि कम्पनीले एक करोड नोक्सानी खाएको जनाएको थियो। अघिल्लो वर्षको असोजमा भने ३० करोड रहेको नाफा गत असोजमा घटेर २८ करोड ६० लाख रुपैयाँमा झरेको छ।
विशाल बजारको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको पछिल्लो एक महिनामा मात्र १६ दिन कारोबार भएको छ।
जलविद्युतको ६३ करोड ७५ लाख, होटल समूहको १५ करोड ६६ लाख, व्यापार समूहको २१ करोड ५४ लाख, माइक्रोफाइनान्स समूहको ५३ करोड ९० लाख र बैंकिङ समूहको १ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । जीवन बीमाको ८२ करोड ५१ लाख, निर्जीवन बीमाको एक अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार भएको छ। अन्य समूहको ८१ करोडको कारोबार भएको छ। बाँकी अरुको कारोबार भएको हो।
नेप्सेका अनुसार, निर्जीवन २० बीमा कम्पनीमध्ये १९ वटाको मूल्य बढेको छ। जीवन बीमामा कारोबार भएका सातवटैको मूल्य बढेको छ।बैंकिङ समूहका भने कारोबार भएका २६ मध्ये १३ को मूल्य बढेको छ, बाँकी १३ को घटेको छ। बिहीबार जीवन बीमा र निर्जीवन बीमा सूचक पनि सर्वाधिक माथि पुगेको अर्को रेकर्ड कायम भएको छ। आज बजार पूँजीकरण पनि अहिलेसम्मकै उच्च रहेको नेप्सेले जनाएको छ।
त्यसैगरी प्रभु बैंकको ऋणपत्र २.२९, सनराइज म्युचअल फण्ड २.१८, एसबीएल ऋणपत्र १.९८, रैराङ हाइड्रोपावर १.९२, ग्लोबल आइएमई ऋणपत्रका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए । आज कारोबारमा आएका १३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २३ वटा कम्पनीको शेयरमूल्य घटेको छ। १६ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन नभइकन नै बजार बन्द भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेयरमा माघ यताकै बढी रकम कारोबार, नेप्से भने घट्यो
जेठ ३१, २०८१ बिहिबार
मंगलबारको शेयरबजार, सबै समूहगत सूचकमा हरियाली
जेठ २९, २०८१ मंगलबार
राजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
लज्जास्पद हारबारे संघ प्रमुख भागवत र सीएम योगीबीच आज छलफल हुने
असार १, २०८१ शनिबार
आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो, भक्तजनलाई सहज
असार १, २०८१ शनिबार
एक हप्तासम्म काठमाडौंका यी स्थानमा दैनिक ४ घन्टा विद्युत अवरूद्ध हुने
असार २, २०८१ आइतबार
गण्डकीमा राप्रपालाई फकाउन पृथ्वीनारायण शाहको शालिकको लागि बजेट !
असार २, २०८१ आइतबार
युरोकपमा स्वीजरल्याण्डको विजयी सुरुवात
असार २, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसंघ गठन
असार २, २०८१ आइतबार