ग्यास बुलेटले ठक्कर दिँदा दुई जनाको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ मंगलबार ४:३१:१८
८ मंसिर , चितवन। पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीयवासीको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घटनापछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् ।
स्थानीयवासी र प्रहरीबीच सडकमा पटक पटक झडप भएको बताइएको छ । प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटरले ठक्कर दिएको थियो ।
ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृत्यु हुने दुबै जनाको सनाखत हुन नसकेको बताइएको छ । उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार