नबिल बैंक र दराज नेपालबीच सम्झौता, सारथी योजनामार्फत कर्जा लगानी हुने
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ मंगलबार १९:४८:३८
९ मंसिर, काठमाडौं । नबिल बैंक लिमिटेड र दराज क्यामु प्रा लि.ले नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नबिल बैंक बैंकिङ्ग क्षेत्रमा सम्पूर्ण सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंकको रुपमा रहेको छ भने दराज नेपाल, हजारौं विक्रेताहरूलाई ग्राहक समुदायसंग जाेड्ने इ-कमर्श स्टोरको रुपमा रहेको छ ।
यी दुवैकाे सहकार्यमा “सारथी” नामक वित्तीय कार्यक्रम सुरू भएकाे छ, जहाँ दराजका विक्रेताहरूले आकर्षक सुविधा तथा व्याजदरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्नेछन् । यो कार्यक्रम सबै एसएमई ग्राहकहरुका लागि बनाइएकाे छ, जसमा पुराना तथा नयाँ सबै ग्राहकहरुले आवेदन दिन सक्नेछन् ।
नबिल बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र दराज क्यामु प्रा लिका प्रबन्ध निर्देशक, लिनो अल्हेरिङ्गले एक विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त समारोहमा बोल्दै नबिल बैंकका डेपुटी सीईओ शाक्यले भने, “यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ । हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई बिभिन्न लगानी कार्यक्रममार्फत आफ्नो व्यवसाय बिस्तारमा सहयोग पु¥याउनु रहेको छ ।
सारथी कार्यक्रमको लागि हामीले दाराजसँग सहकार्य गरेका छौं । हाम्रो विश्वास छ कि, यो वित्तीय कार्यक्रमले उनीहरूलाई कोभिड – १९ को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पु¥याउछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुर्नजीवित गर्नेछ ।”
त्यस्तै, दराज क्यामु प्रा लि.का प्रबन्ध निर्देशकले भने, “सारथी कार्यक्रमलाई नबिल बैंकसंगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौ । हामीले लामो समयदेखि काम गरिसकेका छौं, अर्थतन्त्रमा कोभिड – १९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ । योे नेपालमै पहिले क्रेडिट स्कोरिंगमा आधारित नौलो समाधान हाे र हामी यो रणनीतिक साझेदारीको शुरुवातमा छौं । नेपाली आर्थिक क्षेत्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसंग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौं ।”
आफ्नाे अनलाइन उपस्थिति गर्न इच्छुक व्यवसायीहरुले, सारथी कार्यक्रमको लागि तलको लिंक प्रयाेग गर्न सक्दछन्, जुन नबिल बैंक र दराजको संयुक्त रुपमा सहजीकरण गरिएको छ । क्लिक गरी लंकमा जानुहाेस् ।
नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यालयहरु, १७५ ATM र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सञ्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको संस्थागत संचार बिभाग प्रमुख कृष्ण सुवेदीले नेपालबहस डटकमलाई जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
जेठ ८, २०८१ मंगलबार
पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा आज पेशी
जेठ ८, २०८१ मंगलबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार