लोभलालचमा नपरी काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ शुक्रबार ४:४१:४
११ मंसिर, भैरहवा । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कसैको लोभलालचमा नपरी काम गर्न भन्सार र राजश्वका कर्मचारीलाई निर्देशन दिएका छन। उनले राष्ट्रहित सम्झेर काम गरेमा राम्रो परिणाम आउने बताए ।
भैरहवा भन्सार कार्यालयको निरीक्षणपछि आज साँझ भन्सार र आन्तरिक राजश्वका कर्मचारीलाई निर्देशन दिँदै उनले भने, “यो बेला भनेको सबैले राज्यलाई सहयोग गर्ने बेला हो, यसमा कर्मचारीको विशेष भूमिका हुन्छ । त्यसैले तपाईंहरुले दृढताकासाथ सुशासन र पारदर्शितालाई ध्यानमा राखेर काम गर्नुहोस् ।”
अर्थमन्त्री पौडेलले कोरोना भाइरसका कारण राज्यलाई स्रोत जुटाउन र परिचालनमा समस्या भएको बताउँदै राजश्व चुहावटलाई नियन्त्रण गरी राज्यलाई काँध थाप्न कर्मचारीलाई आग्रहसमेत गरे । उनले देशको विकासका लागि अर्थतन्त्रको महत्वपूर्ण भूमिका रहने भएको हुँदा अर्थ सङ्कलनका लागि कर्मचारी इमान्दारीपूर्वक राजश्व असुलीमा लाग्नुपर्ने बताए । करदाता र कर प्रशासनको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउँदै उनले हार्दिकता, मैत्रीपूर्ण, उत्प्रेरणा र चेतनशील भएर काम गर्नुपर्ने धारणा राखे । मन्त्री पौडेलले कहीँकतै हस्तक्षेपकारी भूमिका नखेल्ने जनाउँदै गुनासो नआउने किसिमले कामको परिणाम निस्कने गरेर काम गर्नुपर्ने बताए ।
मन्त्री पौडेलले राजश्व अभिवृद्धिमा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने भएकाले सबल अर्थतन्त्र निर्माणका लागि सबै कर्मचारी एकजुट भएर काम गर्नुपर्ने बताए । नेकपा महासचिवसमेत रहेका अर्थमन्त्री पौडेलले बजेटमा स्रोत व्यवस्थापन गर्न धौंधौ भइरहेको जनाउँदै स्रोत व्यवस्थापन गर्न नसके राष्ट्रकै आर्थिक जीवनमा असर पर्ने बताए ।
मन्त्री पौडेलले भन्सारका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले भैरहवा नाकामा एकीकृत जाँच चौकी ‘आइसिपी’ निर्माण अघि बढाउन पहल भइरहेको जनाए । पन्ध्र वर्षअघि भारत सरकारको लगानीमा भैरहवा नाकामा आइसिपी निर्माण गर्ने सम्झौता भए पनि भारतीय पक्षको उदासिनताका कारण काम अघि बढ्न सकेको छैन । जसले गर्दा भैरहवा भन्सारको दैनिकी काम सहजरुपमा हुन सकेको छैन । मन्त्री पौडेलले बेलहिया–बुटवल व्यापारिक मार्ग अब चाँडै नै निर्माण सम्पन्न हुने जनाए ।
आयोजना प्रमुख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसँग आफूले कुराकानी गरेको जनाउँदे उनले सडकको चाँडै नै उद्घाटन गर्ने उल्लेख गरे । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले आइसिपी निर्माणलाई चाँडो अघि बढाउन पहल गर्न मन्त्री पौडेलसँग आग्रह गरे । उनले पार्किङ अभावमा भन्सारमा जामको समस्या भएको बताउँदै अहिले गाडी पार्किङ गर्ने ठाउँ साँघुरो हुँदा जाँचमा समेत ढिलाइ भएको समस्या सुनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार