अचानक सशस्त्र प्रहरीका डीआईजीको काज सरुवा, अवकाश हुन लागेकालाई हेडक्वाटर तानियो (सूचीसहित)
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शनिबार ०:३५:१४
१२ मंसिर, काठमाडौं । सरुवा भएको एक बर्ष पनि नपुग्दै गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका आठजना नायब महानिरीक्षक (डीआईजी) र एकजना वरिष्ठ उपरीक्षकको काज सरुवा निकालेको छ । गृहमन्त्री रामबहादुर थापाले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनीहरुको काज सरुवा गरेका हुन् ।
यही मंसिर २३ र २८ गते ३० बर्षे सेवा अवधि पुगेर अनिवार्य अवकाशमा जान लागेका ४ जना डीआईजीका कारण रातारात सरुवा गर्नु परेको बताइएको छ । तर केही दिन अगाडि आफ्नो सेवा अवधिको गणना नमिलेको भन्दै केही डीआईजीले गृहसचिव महेश्वर न्यौपानेसमक्ष डेलिगेशन गएपछि गृहमन्त्रीले हतारमा सरुवा निकालेको बताइएको छ ।
नेपाली सेनाबाट सशस्त्र प्रहरी बलमा स्थानान्त्रण भएका डीआईजीहरुले सेनामा जस्तै तालिम अवधि सकिएपछि मात्र सेवा अवधिको गणना गर्न माग गर्दै हारगुहार गरेका थिए । सेनामा त्यो प्रचलन भएपनि प्रहरीमा भने भर्ना मितिलाई नै सेवा अवधि मान्ने प्रचलन रहँदै आएको छ ।
सरुवामा पर्नेहरुमा ४ जना अवकाश हुन लागेका डीआईजीहरु छन् । उनीहरुको यसअघि कै सरुवा पनि नियम मिचेर गरिएको थियो । जबकी नेपाल प्रहरीमा अवकाश हुन ६ महिनाभन्दा कम समय बाँकी रहेका अफिसरहरुलाई महत्वपूर्ण इर्न्चाजको जिम्मेवारी नदिने गरिन्थ्यो तर सशस्त्रमा भने अवकाश अवधि थाहा हुँदाहुँदै प्रदेश बाहिनीपतिको जिम्मेवारी दिएर पठाइएको थियो ।
जसमा अधिकांश विवादास्पद पृष्ठभूमिका थिए । अवकाश हुन लागेका डीआइजीहरुमा कृष्णभक्त बम्हचार्य, हरिशंकर बुढाथोकी, हरिश्चन्द्र अधिकारी र राजेन्द्र बस्नेत रहेका छन् । उनीहरु क्रमश २ नं. प्रदेशको छिन्नमस्ता बाहिनी महोत्तरी, बैद्यनाथ बाहिनी अत्तरिया कैलाली, महेश्वरी बाहिनी सुर्खेत, मुक्तिनाथ बाहिनी पोखरा रहेका छन् ।
सशस्त्र प्रहरीको उपत्यका हेर्ने पशुपति बाहिनीको बाहिनीपतिमा सशस्त्र प्रवक्ता रहेका डीआइजी राजु अर्यालको काज सरुवा गरिएको छ । त्यहाँ रहेका डीआइजी प्रविणकुमार श्रेष्ठको बैद्यनाथ बाहिनी मुुख्यालय कैलाली र त्यही कार्यरत एसएसपी अभिकुमार खत्रीको महेश्वरी बाहिनी मुुख्यालय, सुर्खेत काज सरुवा भएको छ । खत्रीलाई हाललाई निमित्त बाहिनीपतिको जिम्मेवारी दिइएको हो ।
सशस्त्रका डीआइजीहरुको काज सरुवा सूची :-
यस्तै काज सरुवा हुनेहरुमा सशस्त्र मुख्यालय हल्चोक मानव स्रोतमा रहेका डीआइजी नारायणदत्त पौडेलको मुक्तिनाथ बाहिनी मुुख्यालय पोखरा, कार्य तथा सीमा सुरक्षा विभागमा रहेका डीआईजी चन्द्रप्रकाश गौतम (सीपी) को छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी काज सरुवा भएको छ । गौतम यसअघि पनि २ नं. प्रदेश महोत्तरी जान मरिहत्ते गरेका डीआईजी हुन ।
छिन्नमस्तामा रहेका डीआइजी कृष्णभक्त बम्हचार्य र बैद्यनाथ बाहिनीका हरिशंकर बुढाथोकीको कार्य तथा सीमा सुरक्षा विभागमा काज सरुवा गरिएको छ । सशस्त्र मुख्यालय हल्चोक मानवस्रोतमा महेश्वरी बाहिनीका हरिश्चन्द्र अधिकारी र मुक्तिनाथ बाहिनीका राजेन्द्र बस्नेतलाई राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प
जेठ ८, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद
जेठ ८, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
सरकार बनेको महिना दिन पुग्दापनि सुदूरपश्चिममा मन्त्रिपरिषद्ले किन पूर्णता पाएन ?
जेठ १२, २०८१ शनिबार
देशमा संविधान र विधिको शासन हुनुपर्दछ : पूर्वराष्ट्रपति यादव
जेठ १२, २०८१ शनिबार
पत्रकार पूर्णिमाद्वारा सगरमाथा आरोहणमा विश्व कीर्तिमान
जेठ १२, २०८१ शनिबार
भारतको सहयोगमा दाङ जिल्लामा निमार्ण गरिएको विद्यालय भवनको उद्घाटन
जेठ १२, २०८१ शनिबार
‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’
जेठ १२, २०८१ शनिबार
नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
जेठ १२, २०८१ शनिबार