कस्तो छ, तपाईको आजको राशीफल ?
नेपालबहस संवाददाता
मंसिर १३, २०७७ शनिबार १५:४:१३
वि.सं. २०७७ साल मंसिर १३ गते । शनिबार । ई.स.२०२० नोभेम्बर २८ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । कार्तिक शुक्लपक्ष । तिथी– त्रयोदशी,१० बजेर ३२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–भरुणी,२८ बजेर १० मिनेट उप्रान्त कृतिका । योग–वरियान,११ बजेर ११ मिनेट उप्रान्त परिध । करण–तैतिल,१० बजेर ३२ मिनेट उप्रान्त गर,२३ बजेर ३७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३६ मिनेटमा, सूर्यास्त १७ बजेर ०६ मिनेटमा । दिनमान २६ घडी १६ पला । विष्णु–वैकुण्ठ चतुर्दशी ।
मेष:- (‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’)
प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेको छ ।
बृष:- (‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’)
प्रशासन तथा राज्य पक्षसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । समय मध्यम रहेकोले समयमा काम नबन्ने तथा बिभिन्न अवसरबाट बञ्चित हुने योग रहेको छ । गलत काम तथा क्रियाकलापलाई प्रश्रय दिनाले ईज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । मायाप्रेममा धोका हुनेछ भने जीवन साथीसँग अनावश्यक विवाद हुनसक्छ, ध्यान दिनुहोला ।
मिथुन:- (‘का,की,कू,घ,ङ,छ,के,को,हा’)
व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ । नयाँ ठाउँबाट लगानीको प्रस्ताव आएपनि केही समय कुर्नु नै पर्नेछ । ईच्छा आकाक्षाहरु पुरा गर्नको लागि बढी नै समय खर्चनु पर्ने हुनसक्छ । दाजुभाईसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । सामान्य स्वास्थ्यमा समस्या आई रुपैयाँ पैसा खर्च हुनेछ । मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ भने आत्मिय मित्र तथा आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ ।
कर्कट:- (‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’)
पछि लाभहुने कामको थालनी गर्न सकिनेछ । शरीरमा घाउ, खटिरा तथा चोटपटकको भए रहनेछ । आफन्तसँगको लेनदेन कारोबारले शत्रुता बढ्नेछ । मायाप्रेममा सामान्य मनमुटाव बढ्ने तथा श्रीमान श्रीमती बीचको सम्बन्धमा उतार चढाब बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाईने हुँदा पद प्राप्तिको योग टरेर जानेछ ।
सिंह:- (‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’)
समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । धर्म तथा धर्म बिस्तारको लागि समय दिनु पर्नेछ भने संस्कार परिवर्तनमा तपाईको भुमिका महत्वपूर्ण हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा तपाईको उच्चस्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
कन्या:- (‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’)
नसोचेको धन तथा सम्पत्ति हात लागि हुनेछ भने चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । आफन्त तथा दिदीबहिनीबाट सहयोग तथा समर्थन पाईनेछ । शुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके फाईदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु राख्न सकिनेछ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ । व्यवसायिक यात्राको तय गर्न सकिनेछ भने कर्म फल प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।
तुला:- (‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’)
व्यापार व्यवसायमा लगानी गर्न सकिने भए पनि आम्दानी गर्न केही समय कुर्नु नै पर्नेछ । पढाई लेखाईमा प्रतिपर्धीहरुको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवनसाथीसँग मनमुटाव सिर्जना हुने सम्भावना रहेको छ, ध्यान दिनुहोला । मायाप्रेममा मनमुटाव सिर्जना हुने तथा अग्रजसँग राय बाजिनेछ । सोख तथा बिलासिताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असम्यम् व्यवहारले समस्या निम्त्याउन सक्छ, ध्यान दिनुहोला । आलश्य तथा अस्वस्थताले लक्ष्यमा बिलम्ब हुनेछ ।
बृश्चिक:- (‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’)
कुनैपनि कामलाई पुन गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ, ध्यान दिनुहोला । रकम लगानी गर्नको लागि केहि समय पर्खनु नै उचित रहेको छ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कने छ । प्रेममा एकअर्कालाई बुझ्न नसक्दा केही समयको लागि टाढिनु पर्ने हुन सक्छ । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावना रहेको छ ।
धनु:- (‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’)
उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पतिहरु लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाईनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरु सहज रुपमा हुनेछन् भने महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ ।
मकर:- (‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’)
आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुशी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुतिल व्यवहार गर्नुहोला । काम बिग्रने हुँदा मानसम्मानमा कमी हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।
कुम्भ:- (‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’)
गलत लेखाई अथवा गलत बुझाईले आफ्नो साख गिर्न सक्छ, ध्यान दिनुहोला । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने भएपनि बढी नै उत्साहित हुन खोज्दा नराम्रो घट्न सक्छ, ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गरे पनि नाफा कमाउन बढी नै समय खर्चनु पर्नेछ । मायाप्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाढि बढ्न सकिनेछ ।
मीन:- (‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’)
असजिलो परिस्थितिहरुलाई बुद्धिमतापुर्वक सहजतामा ढाल्न सकिनेछ । मायाप्रेमको गाठो कसिलो हुनेछ भने जीवनसाथीको सहयोगले उत्पादनमुलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागी भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुको नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेको छ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
♦ज्योतिषी गणेश काफ्ले ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार