काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकोप्टरमा गिद्ध ठोक्कियो
नेपालबहस संवाददाता
मंसिर १४, २०७७ आइतबार २१:०:४
१४ मंसिर, बागलुङ । बागलुङको गलकोटबाट काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकोप्टरमा गिद्ध ठोक्किएको छ । नुवाकोटको आकाशमाथि आएको हेलिकोप्टरमा गिद्ध ठोक्किएको हो । गिद्ध ठोक्किएपनि हेलिकोप्टर भने ठूलो दुर्घटनाबाट जोगिएको छ ।
गिद्ध ठोक्किएर हेलिकोप्टरको अगाडीको सिसी फुटेको छ । हेलिकोप्टरमा गिद्ध ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टरमा ६ जना यात्रु चढेका थिए । उनीहरु सबै सकुशल छन् । तर गिद्ध ठोक्किएर आकस्मिक अवतरण गरिएको हेलिकोप्टर भने उडाउन कठिनाई भएको छ । अलपत्र परेका हेलिकोप्टरलाई लिन अर्को हेलिकोप्टर पठाइएको छ ।
हेलिकोप्टरमा रहेका गलकोट नगरपालिका वडाध्यक्ष वीरजंग भण्डारी भने सामान्य घाइते भएका छन् । उनी अघिल्लो सिटमा थिए । हेलिकोप्टर दुर्घटना हुन सक्ने भएपनि पाइलटको सावधानीले जोगिएको उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोइली खोलाले बगाउँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
भोजपुरबाट विराटनगर तर्फ जाँदै गरेको बस पाख्रीबासमा दुर्घटना
बैशाख ३०, २०८१ आइतबार
श्रीमान् बचाउन खोज्दा श्रीमतीको करेन्ट लागेर मृत्यु
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
नुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
हत्या गरेको अभियोगमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समिति गठनबारे सभामुखले आज पनि सकेनन् सहमति जुटाउन
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
एमालेभन्दा पहिला माओवादीले छाड्यो मधेश सरकार
बैशाख ३०, २०८१ आइतबार