कुरिलोको भाउ किलोकै ५ हजार रुपैयाँ
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार १४:१८:०
१५ मंसिर, काठमाडौं । कुरिलोको भाउ किलोकै ५ हजार रुपैयाँ पुगेको छ । मागमा भएको अत्यधिक वृद्धि र उत्पादनको सीमितताका कारण भाउ एक्कासि बढेको हो । अफ सिजन भएकाले यतिबेला बजारमा कुरिलो थोरै मात्रामा पाइन्छ । त्यसको फाइदा उठाउँदै व्यापारीले अस्वाभाविक मूल्य लिन थालेका छन् ।
‘कुरिलो सिजनल हो, बजारमा कहिले आउँछ, कहिले आउँदैन,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘बजारमा पाइने कुरिलो काठमाडौंभित्रको हो । थोरै आउँछ, एकैछिनमा बिक्री हुन्छ ।’ समितिको तथ्यांकअनुसार गत जेठमा कुरिलो प्रतिकिलो न्यूनतम २ सय ५० देखि ३ सय २५ रुपैयाँ ९होलसेल मूल्य० थियो । असारमा प्रतिकिलो २ सय ४० देखि २ सय ६० रुपैयाँमा पाइन्थ्यो । साउनमा प्रतिकिलो २ सय ४० देखि ५ सय र भदौमा ३ सय ५० देखि ५ सय रुपैयाँ बजार भाउ थियो ।
यस्तै असोज १ देखि १२ गतेसम्म न्यूनतम मूल्य ४ सय ४० रुपैयाँदेखि ४ सय ५० सम्म रहेको समितिको तथ्यांक छ । समितिले कात्तिक ६ गते निर्धारण गरेको मूल्य भने प्रतिकिलो १ हजार ८ सय रुपैयाँदेखि २ हजार रुपैयाँ छ । त्यसपछि मूल्य अपडेट गरिएको छैन । खुद्रा बजारमा दोब्बरभन्दा बढीमा बिक्री भइरहेको व्यवसायीहरू बताउँछन् । ढुंगाना एग्रिकल्चर फार्मका सञ्चालक समर्थन ढुंगानाले बजारमा अभावकै कारण बढी मूल्य परेको जानकारी दिए । ‘कुरिलोमा औषधिको मात्रा बढी हुन्छ । बिरामी, सुत्केरीलाई खुवाउन भन्दै किन्ने बढी छन्,’ उनले भने, ‘यो बेला अफ सिजन भएकाले किलोकै ५ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ ।’
कोरोनाका बिरामीलाई खुवाउन प्रयोग गरिएकाले पछिल्लो महिना कुरिलोको माग बढ्दो छ तर व्यावसायिक खेती छैन । व्यावसायिक खेती नहुँदा मागअनुसार उत्पादन हुन सकेको छैन । समितिका सूचना अधिकारी श्रेष्ठका अनुसार कुरिलो मुख्यतः वैशाख, जेठदेखि असारसम्म बजारमा आउँछ । कालीमाटीभित्र स्थानीय किसानले मात्रै ल्याउँछन् । कतिपय किसानले सिधै डिपार्टमेन्ट स्टोरमा पठाउँछन् ।
राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार मुलुकभर १ सय ५७ हेक्टरमा कुरिलो खेती गरिन्छ । उक्त क्षेत्रफलमा १ हजार १ सय ६६ टन उत्पादन हुन्छ । मोरङ, खोटाङ, झापा, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं, नुवाकोट, धादिङ, कास्की, पर्वत, नवलपुर, चितवन, दाङ, प्यूठान, जाजरकोटमा सबैभन्दा बढी उत्पादन हुन्छ । प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मतीमा ८ सय ७९ टन उत्पादन भइरहेको केन्द्रका सूचना अधिकारी भरतबहादुर आचार्यले जानकारी दिए । ‘वाग्मतीमा ७४ हेक्टरमा खेती हुन्छ, उपत्यका भएकाले उत्पादन र माग यही क्षेत्रमा छ,’ उनले भने । प्रदेश १ मा ५८ हेक्टरमा १ सय ७६ टन उत्पादन भइरहेको केन्द्रले जनाएको छ । गण्डकीमा १३ हेक्टरमा गरिएको खेतीबाट ५७ टन उत्पादन हुन्छ । प्रदेश ५ मा ११ हेक्टरमा खेती हुन्छ, त्यहाँ ५० टन उत्पादन हुने गरेको छ । कर्णालीमा २ हेक्टरमा ४ टन उत्पादन भइरहेको सूचना अधिकारी आचार्यले जानकारी दिए । केन्द्रका अनुसार प्रदेश २ र सुदूरपश्चिममा भने कुरिलो खेती भएको छैन ।
सीमित क्षेत्रमा खेती गरिएकाले पर्याप्त उत्पादन हुन नसक्दा मूल्य बढेको हो । ‘कुरिलो खेतीबाट कमाइ राम्रो छ, सिजनमा किलोको २ देखि ३ सय रुपैयाँ भए पनि अहिले २ हजार ५ सय रुपैयाँभन्दा माथि नै पर्छ,’ बानेश्वर तरकारी बजारका जनम साहले भने, ‘बारामा १० रोपनीमा कुरिलो खेती गरिरहेको छु, ठिकै छ ।’ होलसेल व्यवसायीसमेत रहेका साहले तीन वर्षदेखि बारामा आफैं खेती गर्दै आएका छन् । उनले कुरिलो बिक्री गरेर वार्षिक ८ लाखसम्म आम्दानी गरिरहेको जानकारी दिए । कुरिलोको माग बढेपछि भक्तपुर सिपाडोलबाट समेत खरिद गरेर बानेश्वर तरकारी बजारमा बिक्री गर्दै आएका छन् । ‘भक्तपुरमा ३०र४० रोपनीमा कुरिलो खेती छ,’ उनले भने, ‘फाइदा ठिकै छ, अरू खेतीभन्दा कुरिलो राम्रो छ ।’
केन्द्रका सूचना अधिकारी आचार्यका अनुसार कुरिलो बहुवर्षीय खेती हो । एक पटक लगाएपछि ३ र ४ वर्षसम्म फल खान पाइन्छ । ‘यसको आयुर्वेदिक मूल्य छ । लोकल जडीबुटी आयुर्वेदिक नै हो । त्यसलाई विकास गरेर कम तीतो हुने गरी हाइब्रिडका रूपमा तरकारी खाने हो,’ उनले भने, ‘एक–दुई वर्षयता किसानले खेती बढाउन थालेका छन् ।’
बीउको हकमा भने आयातमै निर्भर हुनुपर्ने बाध्यता छ ।’ केन्द्रका अनुसार कुरिलोको हाइब्रिड बीउ जापानबाट आयात हुन्छ । ‘नेपालमा पाइने जरा तीतो हुन्छ । जडीबुटीको लागि बिक्री गरिन्छ,’ उनले भने, ‘तरकारीका लागि आउने हाइब्रिड नै हो । नेपालमा जापानी कुरिलो बढी चलेको छ ।’ कान्तिपुर दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी, होला त सुनुवाइ ?
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार