गृहमन्त्री ज्यू ! ‘नमस्ते’ गर्दैमा सानो भइँदैन : कांग्रेस नेता गुरुङ
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार १५:५३:१५
१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता धनराज गुरुङले नेपालीको संस्कार ‘नमस्ते’ गर्दैमा सानो नभईने बताएका छन । कोरोनाका कारण संसारले नेपालीको अभिवादन गर्ने संस्कार ‘नमस्ते’ गर्न थालिसकेको बताउदै नेता गुरुङले ‘नमस्ते’ गर्दैमा सानो नभईने बताएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै नेता गुरुङले भनेका छन्, कोरोनाका कारण संसारले नेपालीको अभिवादन गर्ने संस्कार ‘नमस्ते’ गर्न थालिसक्यो। हाम्रा गृहमन्त्रीले भने कुइनो ठोक्काएर नेपालीको परम्परागत ‘नमस्ते’ संस्कारलाई नै चुनौती दिनुभयो त ! ‘नमस्ते’ गर्दैमा सानो भइँदैन। बरु सभ्य र सुसंस्कृतको भाव प्रदर्शन गर्दछ। आगे महाराजको जो मर्जी ।
आइतबार काठमाडौं आएका चिनियाँ रक्षामन्त्री वेइ फेङ्गहको सवगत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल ‘ पुगेका थिए । २१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चार्टर्ड विमानमा नेपाल आएका रक्षामन्त्री वेइ आइतबार बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
रक्षामन्त्री वेइलाई पुष्पगुञ्छा दिँदै कुहिना जोडेर गृहमन्त्री थापाले स्वागत गरेको तस्विर अहिले सामाजिक सञ्जालमा छाइरहेको छ । कोरोना भाइरस संक्रमणका कारण हात मिलाउन छाडेर कुहिना जोडेर स्वागत गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार