स्वास्थ्य चौकीहरुमा डाक्टर र औषधि छैन्, तर सरकारका कुरा चैँ ठुला ?
नेपालबहस संवाददाता
मंसिर १५, २०७७ सोमबार १८:२२:२५
१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले ३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गर्ने कुरा सकारात्मक भएपनि यसैलाई क्रान्तिको संज्ञा दिनु आफैमा हाँस्यास्पद भएकाे बताएका छन् ।
सोमबार मुलुकभर एकसाथ ४०३ वटा अस्पतालको शिलान्यास हुँदैछ । ३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुन लागेको हो ।
आज एकैदिन देशैभर ४०३ वटा अस्पतालको शिलान्यास हुँदै गर्दा नेता गुरुङले यसैलाई क्रान्तिको संज्ञा दिनु आफैमा हाँस्यास्पद भएको बताएका हुन् ।
३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गर्ने कुरा सकरात्मक भएपनि यसैलाई क्रान्तिको संज्ञा दिनु आफैमा हाँस्यास्पद। भएका स्वास्थ्य चौकीहरुमा न्युनतम स्वास्थ्य सामाग्री, डाक्टर र अौषधि छैन। तर कुरा चैं ठुला? बिजुलीको पोलहरुमा टाँसिएको फोटो सहितको नयाँ युगको सुरुवात पनि देखेकै हौं!
— Dhan Raj Gurung (@dhanrgrg) November 30, 2020
सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो विचार लेख्दै नेता गुरुङले स्वास्थ्य चौकीहरुमा न्युनतम स्वास्थ्य सामाग्री, डाक्टर र औषधि पनि छैन् । तर कुरा चैँ ठुला ? भनि सरकारलाई व्यङग गरेका छन् । नेता गुरुङले भनेका छन्, बिजुलीका पोलहरुमा टाँसिएको फोटोसहितको नयाँ युगको सुरुवात पनि देखेकै हौं ।
बजेट भाषणका क्रममा गरिएको घोषणा कार्यान्वयनका क्रममा सरकारले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ।
७५३ पालिकामध्ये ६४९ पालिकामा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ पालिकामा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार