अपाङ्ग परिचयपत्र त क्वालीटीको दिन नसक्ने सरकारबाट के आशा गर्नु
नेपालबहस संवाददाता
मंसिर १९, २०७७ शुक्रबार १९:४८:२४
१९ मंसिर, स्याङ्जा । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर विभिन्न ठाउँमा धुमधामसंग कार्यक्रम भैरहेता पनि स्याङ्जाको गल्याङ नगरपालिका भित्र रहेका अपाङ्गता भएकाहरुले भने सरकारले अपाङ्गताको लागि दिन भनेको सेवा सुबिधा नपाएको गुनासो गरेका छन् ।
गल्याङ नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुले केही रकम संकलन गरेर बिहीबार नगरपालिका भित्रका प्रतिनिधिहरुलाई जम्मा गरेर चिया नास्ता खुवाउदै यस्तो गुनासो गरेका थिए । अपाङ्गता भएका व्यक्तीहरुले एक पर्वको रुपमा मनाउने अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आफुहरु खुसी हुनको लागि पहिला जनप्रतिनिधिलाई खुसी पार्नुपर्ने हुँदा यस्तो गरिएको उक्त चियापान कार्यक्रमका आयोजकको गुनासो थियो । सामान्य नागरिकलाई भन्दा नगरपालिकाले आफुहरुलाई गर्ने व्यवहार, दिनुपर्ने सहयोगमा कुनै परिवर्तन नभएको उनीहरुको गुनासो थियो ।
स्याङ्जा दृष्टिबिहिन संघ, स्याङ्जा अपाङ्ग समाज र गल्याङ नगरपालिका स्तरीय अपाङ्ग संजालको सयुक्त आयोजनामा गल्याङ नगरपालिका उपप्रमुख देवी थापाको प्रमुख आतिथ्यमा उक्त नगरपालिकाको वडा नम्बर सातको सैनथुम्का गाउँमा उक्त कार्यक्रम गरिएको थियो । अपाङ्गको क्षेत्रमा राज्यले दिन भनेको बजेटसमेत नदिएका कारण गाउँमै कार्यक्रम गरिएको थियो । हालको कोरोना महामारिको परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रममा अपाङ्गता भएका व्यक्ती, जनप्रतिनिधि र केही अपाङ्गता सस्थाका जिल्ला प्रतिनिधि भन्दा अन्यलाई निमन्त्रणा गरिएको थिएन ।
कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका ३ का अध्यक्ष महेश भट्टराईले फरक क्षमताको पहिचान गरि रोजगारीको सिर्जना गर्न आफू तयार रहेको बताए । आफ्नो वडामा अपाङ्गता भएका व्यक्तिले संचालन गरेको अगरबत्ती तथा मैन बत्ती उधोगलाई वडा कार्यलयले आर्थिक सहयोग गरेको स्मरण गराउदै उनले फरक क्षमता भएकाहरुको क्षमता पहिचान गरि सहयोग गर्ने अभियानमा आफू रहेको बताए । उनले भने :– फरक क्षमता भएकाहरुको लागि सहयोग गर्न आफू सँधै तत्पर रहेको पनि प्रतिबद्धता व्यक्त गरे । फरक क्षमताको पहिचान गरि उध्यामसिल बनाउनको लागि वडा नम्बर ३ ले अभियान सुरु गरेको हुँदा अब सबै वडा र नगरपालिकाले यो अभियानलाई अगाडी बढाउनु पर्ने बताए । आफ्नो मत होइन मन दिएर पठाएको हुँदा जनप्रतिनिधिले फरक क्षमता भएका व्यक्तीहरुको सेवामा काम गर्नुपर्ने उनको धारणा थियो ।
स्वागत मन्तव्य राख्दै गल्याङ नगरपालिका स्तरीय अपाङ्ग संजालका उपसंयोजक नारायण भण्डारीले पालिकाले अपाङ्गता भन्ने नै नबुझेको भन्दै अपाङ्गता भएका व्यक्तिप्रती गम्भीर हुन नगरपालिकालाई आग्रह गरे । नगरपालिकाले अपाङ्गको क्षेत्रमा खर्च गर्ने बजेट समेत संजाललाई थाहा नभएको भन्दै अपाङ्गको क्षेत्रमा खर्च गरिने बजेट कहाँ खर्च गरिएको छ भन्दै प्रतिप्रश्न गरे । त्यस्तै स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष युवराज पराजुलीले अपाङ्ग भत्ता लिनैकै लागि हरेक तीन/तीन महिना आन्दोलन गर्नुपर्ने सरकारबाट भाषण भन्दा अरु आश गर्न नसकेको गुनासो गरे । उनले भने :– अपाङ्ग परिचयपत्र त क्वालिटिको दिन नसकेको सरकारबाट के आशा गर्नु ।
गल्याङ नगरपालिका स्तरीय अपाङ्ग संजालका अध्यक्ष तथा कार्यक्रमका सभापति यमलाल पाण्डेले आफ्नो सस्थाले नगरपालिकालाई बुझाएका मागहरु तत्काल कार्यनयन गर्न आग्रह गरे । केही महिना पहिले नगरपालिकालाई ज्ञापन पत्र बुझाएको स्मरण गराउदै उनले पालिका भित्र अपाङ्गको क्षेत्रमा हाल गर्नुपर्ने सम्पुर्ण काम समेटिएको बताए । त्यस्तै कार्यक्रम प्रमुख अतिथि तथा गल्याङ नगर उपप्रमुख देवी थापाले नगरपालिकाले काम गर्ने क्रममा केही कमजोरी भए सच्याएर जाने प्रतिबद्धता व्यक्त गरे । अपाङ्गता भएकाहरुको समस्य वा अपाङ्गता भएकाहरुले गर्न सक्ने कामका योजना लिएर नगरपालिका आउन उनले आग्रह गरे । हामीले सबैतिर काम गर्दा ध्यान पुर्याउन सकिएन होला तर यहाँहरुको सुझावलाई मनन गर्दै आगामी दिनमा योजना बनाउने छौं :– उपप्रमुखको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार