यस वर्ष पशुपतिमा बहुमूल्य चीजबीज नराखिने
नेपालबहस संवाददाता
मंसिर २४, २०७७ बुधबार २३:३६:३३
२४ मंसिर, काठमाडौं । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण औँसीका दिन पशुपति मूल मन्दिर परिसरमा प्रदर्शनमा राखिने बहुमूल्य चीजबीज यस वर्ष नराखिने भएको छ ।
बाला चतुर्दशीको भोलिपल्ट पशुपतिको पश्चिमढोकाअघि नागमणि, एकमुखे रुद्राक्ष, गोलोचन, दाहिने शङ्खलगायत ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सामग्री प्रदर्शनमा राख्ने परम्परा रहेकामा यस वर्ष कोरोना महामारीका कारण मन्दिर भक्तजनका लागि बन्द रहेकाले नदेखाइने निर्णय भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।
बहुमूल्य सामग्री पशुपति मेलामा आउने भक्तजनलाई लक्ष्य गरी वर्षमा एकपटक देखाउने प्राचीनकालदेखिको परम्परा यस वर्ष स्थगित गरिएको हो । गत वर्ष चैत ११ देखि भक्तजनका लागि बन्द गरिएको मन्दिर आगामी पुस १ गतेदेखि खुला गरिने कोषले जनाएको छ ।
मंसिर ३० गते पशुपतिमा क्षमा पूजा
मन्दिर खोल्ने अघिल्लो दिन मंसिर ३० गते पशुपतिमा क्षमा पूजा गरिने पनि कार्यकारी निर्देशक खतिवडाले जानकारी दिए । मन्दिर खोल्न सुरक्षालगायत तयारी पनि भइरहेको छ । मास्कबिनाका भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइने कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए।
मन्दिर छिर्ने भक्तजनलाई ढोकामा बस्ने सुरक्षाकर्मीले स्यानेटाइजर लगाएर पठाउने व्यवस्था गरिएको छ । भक्तजनलाई दुई मिटरको दूरीमा राख्ने गरी व्यवस्था मिलाइनेछ ।
करिब नौ महिनापछि मन्दिर खोल्दा एकैपटक भक्तजनको भीड लाग्न सक्ने भएकाले सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीलाई अनुरोधसहित सुरक्षाको विषयलाई लिएर बैठकसमेत गरिएको कोषले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार