पल्सर स्पोर्टस अवार्ड पुस अन्तिम साता हुने
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ सोमबार १:३५:२२
२८ मंसिर, काठमाडाैं । नेपाल खेलकुद पत्रकार मञ्च ‘एनएसजेएफ’ ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्ड पुस २८ गते हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण यस वर्षको अवार्ड कार्यक्रम भर्चुअल माध्यमबाट गरिने नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था भएकाले सो अवार्डको भर्चुअल कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराँते हलमा गर्न लागिएको मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिए । यस पटक १० विधामा अवार्ड प्रदान गरिने छ । वर्षको उत्कृष्ट खेलाडी युवा, महिला र पुरुष, वर्षको उत्कृष्ट प्रशिक्षक, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, लाइभ टाइम एचिभमेन्ट अवार्ड, वर्षको उत्कृष्ट टोली, पिपल्स च्वाइस र एशियन जर्नालिस्ट अफ द एयर अवार्ड प्रदान गरिने अध्यक्ष सुवेदीले बताए ।
पिपल्स च्वाइस् अवार्ड, स्पेसल र लाइभ टाइम एचिभमेन्टबाहेक अरू अवार्ड अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा प्रदान गरिने छ । पिपल्स च्वाइस अवार्ड एसएमएस भोटिङका आधारमा गरिने आयोजक संस्थाले जनाएको छ । स्पोर्टस् अवार्डको यो १७औँ संस्करण हो । आयोजक एनएसजेएफ र बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनीबीच मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ ।
एनएसजेएफका अध्यक्ष सुवेदी र कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार कम्पनीले अवार्डका लागि मञ्चलाई चार बजाज पल्सर एनएक्स मोटरसाइकल, विभिन्न उपहार र नगदसहित रु २८ लाख ४० हजार उपलब्ध गराउनेछ । उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले एक-एक थान पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् ।
उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेतालाई जनही रु ५० हजारबाट पुरस्कृत गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए । पिपल्स च्वाइस अवार्ड, पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडी विधाका लागि मञ्चको छनोट समितिले पाँच÷पाँच खेलाडीको नाम सार्वजनिक गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
बैशाख ११, २०८१ मंगलबार
हृदयघातका कारण गैर जापनिज विश्व सुमो च्याम्पियनका अकेबोनोको मृत्यु
चैत ३०, २०८० शुक्रबार
नयाँ वर्षमा धनगढी हाफ म्याराथन प्रतियोगिता हुने
चैत २८, २०८० बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध
बैशाख २१, २०८१ शुक्रबार
डढेलो बस्तीमा पस्दा एक जनाको मृत्यु
बैशाख २१, २०८१ शुक्रबार
खडेरीले बाराको दक्षिणी भागमा रोपाइँ भएन
बैशाख २१, २०८१ शुक्रबार
खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर
बैशाख २१, २०८१ शुक्रबार
आजबाट ‘मनसरा’ रिलिज
बैशाख २१, २०८१ शुक्रबार
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा
बैशाख २१, २०८१ शुक्रबार