गौतम बुद्ध कप क्रिकेट : राप्ती फाइनलमा प्रवेश
नेपालबहस संवाददाता
मंसिर २८, २०७७ सोमबार ३:२४:७
२८ मंसिर, काठमाडौं । गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा वाग्मतीलाई पराजित गर्दै राप्ती फाइनलमा पुगेको छ । चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा आज भएको खेलमा राप्तीले वाग्मतीलाई ११ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
एक सय ३० रनको लक्ष्य पछ्याएको वाग्मतीले १९.४ ओभरमा ११८ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । वाग्मतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । यस्तै अनिल शाहले २२ रन, रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३-१३ रन बनाउँदा सुनिल धमलाले ११ रन मात्र बनाउन सफल भए ।
राप्तीका कमलसिंह ऐरी, अविनास बोहरा र वसन्त कार्कीले समान दुई-दुई विकेट लिए । राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो । राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६, शरद भेसावकर र विनोद भण्डारीले समान २१, कमल ऐरीले १६ तथा लोकेश बमले १५ रन बनाए । कुशल भुर्तेलले तीन, हरि चौहानले पाँच रन मात्रै बनाउन सफल भए ।
जितसँगै राप्ती एक खेलअघि नै फाइनलमा प्रवेश गरेको छ । पराजित भएपछि वाग्मती भने प्रतियोगिताबाटै बाहिरिएको छ । यसअघि हिजो भएको खेलमा वाग्मती टिमलाई नारायणीले सुपर ओभरमा पराजित गरेको थियो । अब राप्तीले फाइनलमा मंगलबार नारायणी टिमसँग भिड्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध
बैशाख २१, २०८१ शुक्रबार
राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
ढकमक्क फुलेको ज्याकाराण्डा फूल
बैशाख २१, २०८१ शुक्रबार
गृहका ७ उपसचिहरूको सरुवा, ६ जिल्लाका सहायक प्रजीअ फेरिए
बैशाख २१, २०८१ शुक्रबार
प्रसिद्ध धार्मिकस्थल मल्लिकार्जुन राष्ट्रिय धाम
बैशाख २१, २०८१ शुक्रबार
मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
घोडाको सहयोगमा बारी जोत्दै
बैशाख २१, २०८१ शुक्रबार
गान्धी परिवारले छोड्यो अमेठी, राहुल रायबरेलीबाट बने उम्मेदवार
बैशाख २१, २०८१ शुक्रबार