मानिसहरूमा भातृत्वको भावना जगाउन धार्मिक सम्प्रदायको भूमिका अपरिहार्य : पण्डित पोखरेल
नेपालबहस संवाददाता
मंसिर २९, २०७७ सोमबार १९:७:४५
२९ मंसिर, काठमाडौं । वाचन प्रविण तथा पण्डित दीनबन्धु पोख्रेलले एकले अर्काको अस्थित्वलाई स्वीकार गर्दै अघि बढ्न सके संसार स्वर्गीय बन्न सक्ने बताएका छन् । यूनिभर्सल पीस फेडेरेसन अन्तरगत अन्तरधार्मिक परिषद्, शान्ति र विकासका लागि अन्तर्राष्ट्रिय संघ, एशिया प्रशान्त क्षेत्रले शनिवार आयोजना गरेको एकदिने भरच्युअल अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
पण्डित पोखरेलले अन्तरधार्मिक सहकार्यका माध्यमबाट राज्य र सरकारले गर्न नसक्ने काम गर्न सक्ने बताए । पूवीय दर्शनको महत्वमा प्रकाश पार्दै पण्डित पोख्रेलले मौलिक पहिचानमा ध्यान दिनुपर्ने समय आएकोले कृत्रिम इच्छा, मानसिकता तथा व्यवहारलाई त्यागेर आध्यात्मिक तथा मौलिक पहिचानमा ध्यानदिनु आवश्यक रहेको बताए ।
“शारीरिक पहिचानले मानिसमा अहंकार र प्रतिस्पर्धाको भावना पैदा गर्दछ, जबकि आध्यात्मिक पहिचानले उसलाई विशिष्ट दिव्य गुणहरुसंग सम्मिलित गराउँछ पण्डित पोखरेले भने । उनले मानवले आध्यात्मिकतातिरको आफ्नो यात्रा जारी राख्न, मानवजातिको परिचय भनेको ईश्वरसँगको विशेष सम्बन्धप्रतिको विश्वासबाट अभिव्यक्त भएको हुनेहुनाले मानिसले दीव्य चक्षुले हर्न शुरुवात गरेपछि मात्र मानिस मानव हीतमा मग्न हुने बताए ।
आध्यात्मिक संगठनहरूले आफ्ना अनुयायी र भक्तजनहरूलाई हाँसोका साथ बाँच्ने कला सिकाउन सकेको खण्डमा प्राकृतिक रुपमा नै सकारात्मकता विकास गर्न सकिने पोखरेलको जिकिर थियो । अन्तरधार्मिक सरसहयोगका माध्यमबाट समाजमा भएका विक्रिती तथा विसंगतिहरूलाई हटाउन प्रयाश गरियो भने मात्र संसार आनन्दको प्रमोदवनमा विकसित हुनेछ भन्दै पण्डितले महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोम युनिभर्सल पीस फेडेरेसन तथा संस्थापक मदर मुनलाई हार्दिक धन्यवाद दिए ।
कार्यक्रममा एफएफडब्ल्यूपीयूका सहअध्यक्षद्वय डेमियन डङ्क्ली र मासाइचि होरी, बुद्धिष्ट स्टडी सेन्टर म्यानमारका प्राध्यापक, भेनरेवल डा. सोविथा, प्रेष्टबेटेरियन चर्च फिलिपिन्सका आर्चिविसप डा. एड्गार्ड जेसस, हङ्कङ् कन्फुसियन एकाडेमीका अध्यक्ष डा. टोङ् युन काइ, इन्टरफेथ स्पिरिच्यूअल फेलोसिप मलेरियाका अध्यक्ष डा. अमिर फरिद इस्हाक, मान्दिन वर्ल्ड कङ्गेस अस्ट्रालियाका अध्यक्ष फाउद सोब्बी, प्रोफेसर चरनजित कउर लगायत एशिया प्रशान्त क्षेत्रका विभिन्न धार्मिक सम्प्रदायका अगुवाहरूले वैदिक संसार निर्माणमा आफ्नो संप्रदायको दृष्टिकोण तथा भूमिकाका बारेम बोलेका थिए ।
पूर्वमन्त्री तथा यूनिभर्सल पीस फेडेरेसन एशिया प्यासिफिक क्षेत्रका अध्यक्ष एकनाथ ढकाल, फेडेरेसनकी एशिया प्रशान्त क्षेत्रकि महिचिव श्रीमती उर्सुला म्याकल्याकल्याण्ड, यूपिएफका अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा यूएन् अफिस निर्देशक डा. तागद्दीन हमादले संस्थाले कोभिड महामारीका बिचमा पनि विगत १० महिनामा गरेका कार्यक्रमका बारेमा प्रकाश पारेका थिए भने कार्यक्रमको संयोजन यूपिएफका एशाया प्रशान्त शिक्षा निर्देशक डा. रोबर्ट किट्टेलले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार