पवित्र धाम डहरे देउराली र पञ्चासेमा बालाचतुदर्शी मेला
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार १८:३५:२१
३० मंसिर, पाेखरा । स्याङ्जा जिल्लाकाे प्रसिद्ध धार्मिक तीर्थस्थलका रुपमा रहेका डहरे देउराली र पञ्चासेमा यस बर्षकाे बालाचतुदर्शीको दिनमा श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति रह्याे । कोरोना कहरका बीचमा पनि पितृमोक्ष र अर्को जन्ममा पुण्यप्राप्तिका लागि भन्दै सयौं श्रद्धालुहरुको घुँइचो देखिन्थ्यो । डहरे देउराली समुद्र सतहदेखि २ हजार २ सय ५४ मिटरको उचाइमा रहेको धार्मिक र जैविक विविधताले सम्पन्न स्थल हो । यो स्याङ्जा र पर्वत जिल्लाको सङ्गमस्थलका रुपमा रहेको छ ।
यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खलाहरुको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । डहरे देउरालीको शीर र सँगै रहेको अर्को डाँडालाई जोड्ने गरी हरेक बालाचर्तुदशीका दिन तोरण टाँग्ने परम्परा रहेको छ । चैते दशैं र विजयादशमीका दिनमा समेत यस ठाउँमा भक्तजनहरु आउने गर्छन् । यहाँको प्राकृतिक दृश्यावलोकनबाट आफूहरु कहिल्यै नअघाएकोले प्रत्येक बालाचतुदर्शीका दिन आफू सम्भव भएसम्म यस ठाउँमा आउने गरेको स्याङ्जा सेतीदोभानबाट आएका महेन्द्र शर्माले बताए ।
यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्ने लक्ष्यका साथ वि.सं. २०४३ सालमा योगी नरहरिनाथको सक्रियतामा धाञ्याञ्चल महायज्ञ गरिएको थियो । डहरे देउराली धाम क्षेत्र धार्मिक पर्यटनका दृष्टिले मात्र नभएर जैविक विविधता र साहसी पर्यटनका सम्भावनाका दृष्टिले समेत महत्वपूर्ण क्षेत्र रहेको स्याङ्जा आँधीखोला–५ का विकास अभियन्ता जयराम पौडेलले बताए । उनले भने, ‘पञ्चासे र डहरे देउराली जोड्ने सहज सडक मार्ग बन्ने हो भने मुक्तिनाथ जाने हजारौं भारतीय धार्मिक पर्यटकहरूको समेत यो आकर्षक गन्तव्य बन्न सक्दछ । यसबाट समग्र गण्डकी प्रदेशकै विकासमा ठूलो टेवा पुग्दछ’ ।
यस क्षेत्रमा खर्सुदेखि सिरुबारी, डहरेदेउराली, आर्थर हुँदै पञ्चासेसम्म पदमार्गको पनि ठूलो सम्भावना रहेको स्थानीय जानकारहरू बताउँछन् । डहरे देउराली क्षेत्र प्रसिद्ध आँधीखोलाको मुहान अन्धाअन्धी दह तथा श्रवणकुमार समाधिस्थलसँग जोडिएकाले पनि यसको छुट्टै पौराणिक महत्व रहेको छ । यहाँ ट्रेकिङ, हाइकिङ, प्याराग्लाइडिङ, क्यानोइङ, होमस्टे आदिको प्रचूर सम्भावना रहेको विज्ञहरुको भनाइ रहेको छ ।
त्यस्तै बालाचतुदर्शीका दिन पञ्चासे पवित्र धाममा शतबीज छर्न स्याङजा, कास्की र पर्वतका विभिन्न ठाउँबाट आएका तीर्थालु भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो । अहिले छरेका अन्नहरूले भोलिको जीवनमा मोक्ष मिल्ने र पितृहरूको उद्धार हुने हुनाले आफूहरु कोरोनाका बेलामा भए पनि सुरक्षाका मापदण्ड अपनाएर पञ्चासे आएको पोखराबाट आएकी विष्णु गुरुङले बताइन् ।
अग्ला पाँच ओटा डाँडाहरूको सङ्गमस्थलका रुपमा रहेको पञ्चासे धार्मिक र विविध पर्यटकीय महत्व बोकेको स्थल हो । भौगोलिक हिसाबले कास्की, स्याङ्जा र पर्वतको सङ्गमका रूपमा रहेको यो धाम समुद्र सतहदेखि करिब २५१७ मिटरको उचाइमा रहेको छ ।
यहाँबाट माछापुच्छ्रे अन्नपूर्णलगायत थुप्रै हिमशृङखलाहरूको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । डाँडामा पञ्चशील ताल र बराह मन्दिर छ । योग र ध्यानका लागि समेत उत्कृष्ट मानिने पञ्चासे धामलाई जैविक फूलबारी समेत मानिन्छ । यहाँ करिब १६० प्रजातिका चराचुरुङ्गी, करिब ११३ प्रजातिका सुनाखरी, १५० औषधीजन्य जडीबुटी पाइन्छन् ।
पोखराबाट बालाचतुदर्शीको अवसर पारेर पञ्चासे आएका लेखक, अनुसन्धानकर्ता तथा संस्कृतिविद् तुलसी प्रभासले पञ्चासे नेपालकै उत्कृष्ट गन्तव्य रहेकाले यसको प्रचारप्रसारमा आफूहरु लागिरहेको बताए । यहाँ रहेको करिब २०० मिटर लामो र ७५ मिटर चौडा पञ्चासे तालका सम्बन्धमा रोचक किंवदन्ती समेत रहेको छ । यस तालमा कुनै रुखको पात झर्यो भने त्यसलाई तुरुन्तै चराले लगिहाल्ने हुनाले तालको पानीमा कुनै रुखको पात तैरिँदैन भन्ने जनविश्वास समेत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार