सन्दीप बीबीएल टी-२० क्रिकेट खेल्न अष्ट्रेलिया प्रस्थान
नेपालबहस संवाददाता
मंसिर ३०, २०७७ मंगलबार १९:४:५४
३० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पीनर सन्दीप लामिछाने अष्ट्रेलियामा भइरहेको बिग बास लिग ‘बीबीएल’ टी-२० क्रिकेट प्रतियोगिता खेल्नका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।
सन्दीप बिहान ११ बजे कतार एअरवेजबाट अष्ट्रेलिया जाँदैछन् । अष्ट्रेलियामा बिग बास लिग यसअघि नै सुरु भइसकेको भएपनि सन्दीप भने केही ढिला अष्ट्रेलिया जान लागेका हुन् ।
सन्दीपले यस सिजन नयाँ टिम होबार्ट हुरिकेन्सबाट लिग खेल्दैछन् । यसअघि दुई सिजन उनले मेलवर्न स्टार्सबाट खेलेका थिए । जहाँ उनले दुई सिजनमा कूल २६ विकेट लिएका थिए ।
सन्दीप बुधबार अष्ट्रेलियाको एडेलेइड पुग्नेछन् । अष्ट्रेलियन सरकारको नियम अनुसार विदेशबाट गएका खेलाडी त्यहाँ १४ दिन क्वारेन्टिन बस्नुपर्नेछ । सन्दीपले पनि त्यो नियम पालना गर्नुपर्नेछ र त्यसपछि होबार्टसंग जोइन हुनेछन् ।
यसक्रममा सन्दीपले होबार्टको कूल ६ खेल गुमाउने छन् । होबार्टले दुई खेल खेलिसकेको छ । मंगलबारै होबार्टले आफ्नो तेस्रो खेल खेल्दैछ । होबार्टले सुरुवाती दुई खेलमा जित हात पारेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध
बैशाख २१, २०८१ शुक्रबार
राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार
डोल्पाको तापिरिचा विद्यालय
बैशाख २१, २०८१ शुक्रबार
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार