मदन भण्डारी फाउन्डेसनको आयोजनामा पत्रकारिता तालिम सुरु
नेपालबहस संवाददाता
पुस २, २०७७ बिहिबार १४:३४:५७
२ पुष, काठमाडौं । उपत्यकाका तीन नगरपालिका गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुरमा पत्रकारिता तालिम सुरु भएको छ । मदन भण्डारी फाउन्डेसन काठमाडौंको आयोजनामा शुरु भएको तालिममा तिन नगरपालिकाका सबै वडाबाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ।
सो तालिममा आधारभूत पत्रकारिता, स्थानीय तह, संघियता, नेपाली कम्युनिस्ट आन्दोलन लगायतका विषयमा वरिष्ठ प्रशिक्षकहरुले प्रशिक्षण दिने मदन भण्डारी फाउन्डेसन काठमाडौंका उपाध्यक्ष उद्दव भण्डारीले जानकारी दिएका छन। तालिम उद्घाटन गर्दै मदन भण्डारी फाउन्डेसनकी केन्द्रिय सचिव पेम्बा लामाले स्थानीय तहका सकारात्मक र सृजनात्मक कामहरुलाई संचार माध्यम र सामाजिक संजाल मार्फत व्यवस्थित प्रचार गर्ने जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेको बताएकी छन।
पहिलो चरणमा बुढानिलकण्ठ, टोखा र तारकेश्वर नगरपालिकामा पत्रकारिता तालिम सम्पन्न गरिएको जानकारी दिदै तालिम व्यवस्थापन समितिका संयोजक इन्द्र डंगोलले पौष १ गतेबाट काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकाको तालिम शुरु हुने बताएका छन। काठमाडौं जिल्लाका ११ वटै पालिकाका १३८ वटै वडाका प्रशिक्षार्थीहरुको सहभागितामा हुने तालिममा आधारभूत पत्रकारिता, स्थानीय तह र नेपालको कम्युनिस्ट आन्दोलन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
सुशासन र समृद्धिका लागि संचार अभियानका रुपमा छ दिन सैद्धान्तिक र तीन महिना प्रयोगात्मक रुपमा संचालन हुने तालिमको अन्तिम चरणमा दक्षिणकाली ,चन्द्रागिरी र किर्तिपुर नगरपालिकामा तालिम संचालन हुने आयोजकले जानकारी दिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार