घुस नखाई उद्योग विभागमा काम नहुने, डीजी भुसाल निरीह सावित
नेपालबहस संवाददाता
पुस २, २०७७ बिहिबार २०:३८:१
२ पुष, काठमाडौं । वैदेशिक लगानी भित्र्याउने सरकारी प्रतिबद्धतालाई सरकार कै मातहतका निकायले दुरुत्साहन गर्न थालेका छन् ।खासगरी उद्योग विभागको वैदेशिक लगानी शाखाका कर्मचारीहरुले घुसबिना कामै नगर्ने प्रवृत्ति देखाएपछि विदेशी लगानीकर्ताहरु बिच्किन थालेका छन् । गत साता मात्र उद्योग विभागका कर्मचारीले उद्योगको लाइसेन्स लिँदा घूस मागेको चिनियाँ नागरिक यीङ हु सुआन (डेबिड) ले सावैजनिक रुपमै सञ्चारमाध्यामलाई बताएपछि कर्मचारीहरुको घुस पुराण सार्वजनिक भएको हो ।
नेपालमा २४ वर्षदेखि व्यवसाय गर्दै आएका सुआनले उद्योग दर्ता प्रक्रियामै उद्योग विभागका कर्मचारीले घूस मागेको सार्वजनिक गरेका थिए । नेपालका मन्त्रीहरुले भाषण र अन्तर्राष्ट्रिय मञ्चहरूमा वैदेशिक लगानीकर्तालाई स्वागत गरिरहेको बताउँदै आएका छन् । लगानीकर्ता आए काम गर्न सहज वातावरण दिने प्रतिबद्धता सुन्दा मिठो लाग्छ । तर प्रजातन्त्र होस् वा गणतन्त्रकाल, परिवर्तन हुन नसकेको कर्मचारीतन्त्रको घूस खाने प्रवृत्तिले विदेशी लगानीकर्ता भने हैरान हुन थालेका छन्।
लगानी लिएर काम गर्न आएकाहरूलाई झन्झटिलो प्रक्रियामा अलमल्याएर निराश पार्ने काम रोकिएको छैन् । यसका भुक्तभोगी हुन् चिनियाँ नागरिक यीङ हु सुआन । उनी अहिले उद्योग मन्त्रालय र विभाग धाएको धाएकै छन् । टेबलमुनिबाट आएको मागमा हात खुकुलो नगर्दाु प्रत्येक पटक प्रक्रियाकै अल्मल्याइँदा निराशा उनको हात लागेको छ । तर प्रयास गर्न छाडेका छैनन् । नेपाल सरकारद्वारा निर्धारित सबै प्रक्रिया पुर्याए पनि उनलाई कर्मचारीले झुलाएको झुलाएकै छन् ।
बरु उल्टै घूस मागेको विषयमा संचारमाध्यममा किन जथाभावी बोलेको भन्दै विभागका कर्मचारीले धम्क्याएका तर सुआनले आफूसँग घूस मागेका कर्मचारीको प्रमाण सुरक्षित रहेको बताएपछि कर्मचारी एकाएक शान्त बनेको सुआनले दावी गरेका छन् । सुआनले आफूले भोगेको समस्याको बारेमा सञ्चारमाध्यममा आफ्नो विचार सार्वजनिक गरेपछि उद्योग सचिव चन्द्रकुमार घिमिरेले चासो व्यक्त गरेका थिए । सचिव घिमिरेको निर्देशनपछि विभागले व्यवसायी सुआनलाई छलफल बोलाएको थियो । विभागको वैदेशिक लगानी शाखाका उपसचिव उत्तम गुप्ताले सुआनसँग घुस मागेको स्रोतको दावी छ ।
उनको निवेदन उपर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक लगानी प्रर्वद्धन बोर्डमा एक समिति समेत बनेको छ। मन्त्रालयका सहसचिव बलराम रिज्यालको नेतृत्वमा समिति गठन भएको हो । तर समिति बनेको ६ महिना बित्दा पनि समितिले बोर्ड समक्ष प्रतिवेदन पेश गर्न सकेको छैन् । सुआनले कर्मचारीले घूस मागेको र कर्मचारीको असहयोगका कारण लगानी गर्न अप्ठेरो भएको बताएपछि उद्योग सचिव चन्द्रकुमार घिमिरेले चासो लिएका थिए ।
उनले उद्योग विभागका महानिर्देशक जीवलाल भुसाललाई टेलिफोन गरेर सुआनको मुद्दाका बारेमा सोधेका थिए। सुआनले भोगेका समस्या विभागका महानिर्देशक जीवलाल भुसाल आउनुभन्दा पहिलाको समस्या भएपनि तत्कालै लगानीकर्तालाई बोलाएर छलफल गर्न सचिव चन्द्रकुमार घिमिरेले निर्देशन दिएका छन् ।
सुआनले सुरुमा हेङ सेङ इन्टरप्राइजेज उद्योग दर्ता गरी काम सुरु गरेका थिए । सो उद्योग असफल भएपछि ग्यास उद्योग खोल्ने तयारी गरेका थिए । सो उद्योगले अनुमति नपाएपछि उनले औद्योगिक क्षेत्र निर्माण गर्ने तयारी गरेका थिए । यो क्षेत्र पनि स्वीकृति नपाएपछि उनले हाल २० जना लगानीकर्ताहरुसँग सेनन हर्बल मेडिसिन प्रोडक्सन दर्ता गरेका छन् । परिवर्तन हुन नसकेको कर्मचारीतन्त्रको ’घूस’ खाने प्रवृत्तिले विदेशी लगानीकर्ता हैरान हुन थालेका छन् ।
२०५३ सालमा नेपालमा ६ जना लगानीकर्ता लिएर आएका उनले हेङ सेङ इन्टरप्राइजेज उद्योग दर्ता गरेका थिए । काठमाडौंको धापासीमा खोलेको उक्त उद्योगले तयारी पोसाकका लागि धागो उत्पादन गर्थ्यो । ६ जनाको समूहले ५ लाख रोपनीको दरले २४ रोपनी जग्गामा १ करोड ५ लाख लगानी गर्यो । उद्योगले केही समय धागो अमेरिकासमेत निर्यात गर्यो् । तीन वर्ष सञ्चालन गरेपछि उद्योगको बजार राम्रो भएन । २ करोड २४ लाख लगानीको यो उद्योग अन्ततः बन्द हुन पुग्यो ।
त्यसपछि उनले नेपालमा ग्यास उद्योग खोल्नका लागि प्रक्रिया सुरु गरे । चिनियाँ प्रविधिको केमिकल ग्यास उत्पादन गर्ने उद्योगका लागि सबै कागजात तयार पार्न एक वर्ष लाग्यो । उद्योग दर्ताका लागि उद्योग विभागमा निवेदन दिए । सुआनको टिमले ग्यास उद्योगमा ६ करोड अमेरिकी डलर (करिब ६ अर्ब रुपैयाँ) लगानी गर्ने तयारी गरेका थिए । उद्योग दर्ता गर्न विभागमा उनी सयौं पटक धाए । तर दर्ता गर्न पाएनन् ।
ग्यास उद्योग स्थापना गर्ने योजना असफल भएपछि उनले औद्योगिक क्षेत्र निर्माण गर्नका लागि प्रक्रिया अघि बढाए । महोत्तरीको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोसँग औद्योगिक क्षेत्र निर्माण गर्ने सम्झौतासमेत भयो । उनको टिम ३० लाख रुपैयाँ खर्चेर डीपीआर गर्ने तयारीमा लाग्यो । तर केन्द्र सरकारले यो कहाँ स्थानीय तहको अधिकार हो, पहिले हामीसँग सम्झौता गर्नुपर्छ भनेर रद्द गरिदियो ।
गौशालामा औद्योगिक क्षेत्र स्थापनाका लागि लागि सुआनको टिमले लगानी बोर्डका पूर्व सीईओ महाप्रसाद अधिकारी, पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग समेत भेट्यो । तर यो योजनाका लागि पनि स्वीकृति पाउन सकेनन् । यो योजनाका लागि प्रक्रियामै एक वर्ष बित्यो । सरकारले स्वीकृति दिएन ।
आफ्नो योजनाका बारेमा उनले विभागका तत्कालिन महानिर्देशक जीवनप्रकाश सिटौलासँग भेट्न चाहे । तर उनले पनि सजिलै समय दिन मानेनन् । ’मैले जबर्जस्ती गरेपछि उनी भेट्न तयार भए । त्यसको केही समयमै विभागमा नयाँ महानिर्देशक आए । उनलाई भेट्न मलाई दुई महिना कुर्नु पर्योो,’ सुआनले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार