प्रतीकात्मक सीताराम विवाह महोत्सव : आज तिलकोत्सव सम्पन्न
नेपालबहस संवाददाता
पुस २, २०७७ शुक्रबार १:१४:८
२ पुस, जनकपुरधाम । प्रतीकात्मक सीताराम विवाह महोत्सवका सन्दर्भमा मैथिली संस्कारअनुसार आज यहाँ तिलकोत्सव सम्पन्न भएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीद्वारा रचित रामायणमा भएको वर्णनानुसार तिलकोत्सवलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
यस अवसरमा सीतालाई छोरी,बहिनी मान्ने मिथिलावासीको आस्थानुरूप जानकी मन्दिरका महन्त रामतपेश्वर दासद्वारा राम मन्दिरका महन्त राम गिरीलाई माङ्गलिक वस्तुको भारी पठाउने चलन छ । राम मन्दिरको परिसरमा हुने गरेको सो उत्सवमा राम मन्दिरका महन्त गिरी राजा दशरथ र जानकी मन्दिरका महन्त दास राजा जनकका रूपमा सम्धी मिलन गर्ने परम्परा पनि छ ।
सो अवसरमा सहभागी श्रद्धालुको उत्साहले उत्सव वास्तविक विवाहभन्दा रमाइलो हुने गरेको छ । यसपटक कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी नेपाल भारत सीमा बन्द रहेका कारण उत्सवमा भारतीय श्रद्धालुको सहभागिता न्यून छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार